Suvadin, Home

छुटाछुटै घटनामा चार जनाको ज्यान गयो


शुभदिन सम्वादांता 
काठमाडौँ, २९ मंसिर
रुपन्देही  जिल्लाको तिलोतमा नगरपालिका–४ स्थित भित्री सडक खण्डमा ना.४ ख ६९८० नम्बरको टिप्परले साईकल यात्री ३० बर्षीया सुष्मा थापालाई ठक्कर दिदाँ गम्भीर घाइते भएकी उनको लुम्विनी अंचल अस्पताल बुटवल उपचारको क्रममा मृत्यु भएको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
   यता जनकपुर उपमहानगरपालिका–१२ स्थित भित्रि सडक खण्डमा ज.१ च ८४६ नम्बरको दुध बोक्ने पिकअप गाडीले बुधबार सोही ठाउँ बस्ने सरिता खत्वेको ४ बर्षीय छोरा अनिकेत कुमार खत्वेलाई ठक्कर दिदा गम्भीर घाइते भएका उनलाई उपचारको लागि जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता जाडोले कठँग्रिएर सर्लाहीमा एक जनाको मृत्यु भएको छ । कालन्जोर गाबिस घर भई हरिवन नगरपालिका–११ बस्ने ६९ बर्षीया उच्चमाया कामीको गएराति जाडोले कठँग्रिएर मृत्य भएको छ । 

यता करेन्ट लागेर दार्चुलामा एक जनाको ज्यान गएको छ ।दाचुलाको धुलाकोट–४ घर भई अपि नगरपालिका–११ स्थित डेरा गरी बस्ने १८ बर्षीय सुरेन्द्र सिंह धामीको करेन्ट लागेर मृत्यु भएको हो । 
बुधबार घरको छतमा लुगा सुकाउन गएको अवस्थामा करेन्ट लागेर बेहोस भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
     


 

More form the Internet

loading...