Suvadin, Home

सुडानमा कार्यरत दुई नेपालीसहित तीनजना अपहरण मुक्त


जेनेभा,पुस ५
 संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी संस्था (यूएनएचसीआर)ले एक महिना पहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको जनाएको छ । 
राष्ट्रसङ्घका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले एक महिना पहिले अपहरणमा परेका शरणार्थी नियोगमा कार्यरत दुई जना नेपाली नागरिक सरुन प्रधान, रमेश कार्की र एक सुडानी नागरिक मुसा ओमर मुसा मोहमद रिहा भएको बिहीबार एक विज्ञप्तिद्धारा जानकारी दिएका छन् । 
राष्ट्रसङ्घका यी तीनै जना कर्मचारीलाई सुडानको द्वन्द्वग्रस्त डाफर क्षेत्रबाट एक सशस्त्र समूहले गत नोभेम्बर २७ मा अपहरण गरेका थिए । 

उनले आपना कर्मचारीको रिहाइको पहलका लागि सुडानी सरकार र सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेका छन् । 
                                                                                                                                                     रासस


 


 

More form the Internet

loading...