Suvadin, Home

ब्रेक फेल भएको ट्रकको ठक्करबाट एकको मृत्यु

ब्रेक फेल भएको ट्रकले अन्य साना सवारीसाधन तथा बटुवालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। ९ जना घाइते छन् । थानकोट-कलंकी सडक खण्डको गुर्जुधारामा दुर्घटना भएको हो।

काठमाडौं, चैत ४– ब्रेक फेल भएको ट्रकले अन्य साना सवारीसाधन तथा बटुवालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा ९ जना घाइते छन् । 
थानकोट-कलंकी सडक खण्डको गुर्जुधारामा दुर्घटना भएको हो।

प्रहरीका अनुसार ट्रकले ट्याक्सी, मोटरसाइकलसहितका सवारीलाई ठक्कर दिएको थियो। थानकोट वृत्तका अनुसार काठ बोकेर आएको ना३ख ९७७३ नम्बरको ट्रकले सडकमा रहेका अन्य सवारी र बटुवालाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते भएकाहरूको राजधानीका बिभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रकले सुरूमा बिजुलीको पोलमा हानेको र त्यसपछि सँगै रहेको स्कुटर, बा१ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो। ट्रककै ठक्करबाट ट्याक्सी पछाडि रहेको मोटरसाइकलमा पनि क्षति पुगेको छ। 


 

More form the Internet

loading...