Suvadin, Home

भारतको पद्मश्री पुरस्कार पाउने पहिलो नेपाली महिला को हुन् अनुराधा?

६७ वर्षको उमेरमा पनि मानव तस्करी नियन्त्रणमा अहोरात्र खट्दै आएकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मानित गरेको छ। महिला उत्थान र उद्धारका लागि अनुराधा कोइरालाले गरेको कामलाई मध्यनजर गर्दै भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मनित गरेको हो।
अनुराधा कोइराला।

महेशसिंह रैखोला, नयाँ दिल्ली, माघ १८ 


६७ वर्षको उमेरमा पनि मानव तस्करी नियन्त्रणमा अहोरात्र खट्दै आएकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मान गर्ने भएको छ। महिला उत्थान र उद्धारका लागि अनुराधा कोइरालाले गरेको कामलाई मध्यनजर गर्दै भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मन गर्ने भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो वेबसाइटमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासहित ८९ जना पद्म बिजेताको नामसहित हासिल गरेको उपलब्धिका बारेमा उल्लेख गरेका छन्। यद्यपि, पुरस्कार वितरणको मिति तोकिएको छैन।

नेपालकी प्रतिष्ठित समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष कोइरालाले नेपाल, भारत तथा अन्य विभिन्न मुलुकबाट देहव्यापारमा संलग्न गराइएका महिला तथा बालबालिकाको उद्दार गरी संरक्षण गरिरहेकी छिन्।

१२ हजारभन्दा धेरै पीडितलाई उद्धार गरिसकेकी छिन्, कोइरालाले। साथै पुनर्वासको व्यवस्था पनि माइती नेपालमार्फत उनले गराउँदै आएकी छिन्। त्यसैगरी, ४५ हजारभन्दा धेरै महिलालाई तस्करीको गिरोहबाट  जोगाइसकेकी छिन्।

कोइरालाले सन् २०१० मा सिएनएन हिरोको उपाधि प्राप्त गरेकी थिइन्। त्यसैगरी सन् २०१४ मा मदर टेरेसा सम्मान पनि प्राप्त गरेकी थिइन्। कोइरालालाई दिज्यु नामले सम्मानपूर्वक बोलाउने गरिन्छ।

को हुन् अनुराधा कोइराला?

अनुराधा कोइराला वि.सं. २००९ साल वैशाख १ गते जन्मिएकी हुन्। बुबा प्रतापसिंह गुरुङ र आमा जरिना गुरुङसँग भारतको आसाममा हुर्किएकी हुन् उनी। कोइराला वि.सं. २०२१ सालमा नेपाल आएकी हुन्।

अनुराधाले काठमाडौंको बसाइका क्रममा दिनेशप्रसाद कोइरालासँग विवाह गरेकी थिइन्। उनी आउँदा नेपालमा अंग्रेजी शिक्षालाई प्राथमिकता दिने ट्रेन्ड सुरु हुँदै थियो। अंग्रेजी भाषामा दख्खल भएकी अनुराधाले अंग्रेजी शिक्षणबाट करियर प्रारम्भ गरिन्।

शिक्षण पेसा पनि एक किसिमको समाजसेवा नै हो भन्ने कोइरालाले शिक्षणमा २० वर्ष बिताइन्। बालबालिकालाई खेलाएर पढाइने मन्टेश्वरी शिक्षण विधि जानेकी कोइरालाले न्यू इङ्ग्लिस स्कुल, मार्टियस, बूढानिलकण्ठ, ग्यालेक्सी, युनिभर्सल साइनजस्ता विद्यालयमा शिक्षिकाको भूमिका निर्वाह गरिन्। त्रिशक्ति विद्यालयमा संस्थापक प्रधानाध्यापकका रूपमा काम गरिन्।

 करिब ५३ वर्षअघि पनि गौशालामा बस्ने कोइराला बिहान पशुपतिनाथको दर्शन गर्थिन्। ‘पशुपति जाने क्रममा बाटामा बच्चा अगाडि राखेर भिक्षा माग्नेहरू प्रशस्त देखा पर्थे,’ उनी सम्झिन्छिन्, ‘त्यस्तो देख्दा मेरोको मनमा प्रश्न उब्जिने गर्दथ्यो।’ उनले त्यही क्रममा यौनजन्य हिंसामा परेका नौ जनाको उद्धार गरिन्। 

सन् १९९३ मा माइती नेपालको स्थापना गरी बेचिएका चेलीहरुलाई सहयोग गर्न थालिन्। एक वर्षपछि नै माइती नेपालमा ८० जना महिला र बालबालिका बस्न थाले। अहिलेसम्ममा हजारौं महिला तथा बालबालिकालाई उनले सहयोग गरिसकेकी छिन्।


 

More form the Internet

loading...