Suvadin, Home

'एसएसबीबाट मारिएका साहका परिवारलाई १० लाख'

सरकारले ६ वर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागि निधन भएका मोरङका बासुदेव साहको परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले ६ वर्षअघि भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट निधन भएका मोरङ अमारिबरियातीका बासुदेव साहको परिवारलाई पनि १० लाख राहत उपलब्ध गराउने घोषणा गरेका हुन्।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि।

काठमाडौं, चैत १३ – सरकारले ६ वर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागि निधन भएका मोरङका बासुदेव साहको परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले ६ वर्षअघि भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट निधन भएका मोरङ अमारिबरियातीका बासुदेव साहको परिवारलाई पनि १० लाख राहत उपलब्ध गराउने घोषणा गरेका हुन्।

आइतबार बसेको व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रालयमार्फत् बासुदेव साहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिइएको जानकारी दिएका हुन्।

पीडित परिवारले पनि क्षतिपूर्तिको व्यवस्था गर्न केही हप्ताअघि स्थानीय प्रशासनमाफत् गृहमन्त्रालयसँग लिखित आग्रह गरेको थियो। गृहमन्त्रालयले सकेसम्म सोमबार नै पीडित परिवारलाई राहत उपलब्ध गराउने तयारी गरेको पनि जनाएको छ।

उपप्रधानमन्त्री निधिले सरकारले सबै पीडितलाई न्याय दिनेगरी कार्ययोजना बनाएर कामअघि बढाएको पनि स्पष्ट पारेका छन्। भारतीय सीमा सुरक्षा बलको गोली लागि साहको २०६७ साल जेठ ११ गते निधन भएको थियो।

राज्य व्यवस्था समितिको आइतबारको बैठकले यातना दिने तथा निर्मम्, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्न बनेको विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ।


 

More form the Internet

loading...