Suvadin, Home
यससँगै नेपालमा पाइने चराको प्रजाति संख्या ८ सय ८४ पुगेको संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमानबाबु प्रधानले बताए। संघले सम्बन्धित सरकारी निकायको सहकार्यमा चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन् केन्द्रमा हुर्काइएका प्रजनन् अयोग्य गिद्धलाई सुरक्षित प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्न सुरुवात गरेको जनाएको छ।

काठमाडौं, माघ १६- नेपाल पंक्षी संरक्षण संघले सन् २०१६ मा नेपालका लागि तीन प्रजातिका नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्तालाई सम्मान गरेको छ।

संघको ३४ अाैं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा नयाँ प्रजातिका चरा ‘रुफस टेल्ड रक थ्रस’ पत्ता लगाउने नरेश कुसी, ‘ग्रे साइडेड थ्रस’ पत्ता लगाउने सोम जिसी र ‘वेस्ट हिमालयन बुस वाब्लर’ पत्ता लगाउने हठन चौधरीलाई सम्मान गरिएको हो।

यससँगै नेपालमा पाइने चराको प्रजाति संख्या ८ सय ८४ पुगेको संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमानबाबु प्रधानले बताए। संघले सम्बन्धित सरकारी निकायको सहकार्यमा चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन् केन्द्रमा हुर्काइएका प्रजनन् अयोग्य गिद्धलाई सुरक्षित प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्न सुरुवात गरेको जनाएको छ।

प्रजनन् केन्द्रमा प्रजनन् अयोग्ग ठहरिएका ती गिद्धलाई नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा सफलतापूर्वक प्राकृतिक बासस्थानमा पुनःस्थापना गरी तिनीहरुको नियमित अनुगमन गरिने संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिए।

कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्रालयका निमित्त सचिव पेमनारायण कँडेल, संघका अध्यक्ष युवराज बस्नेत, महासचिव राजेन्द्र गुरुङलगायतले नेपालमा चराको संरक्षणमा भएका प्रयासका बारेमा उल्लेख गर्दै संरक्षणमा देखिएका चुनौतीका विविध पक्षमाथि प्रकाश पारेका थिए। रासस


 

More form the Internet

loading...