Suvadin, Home

गोरखा क्याम्पसमा बम बिस्फोट

गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पस हाताभित्र सोमबार बिहान बम बिस्फोट भएको छ। लक्ष्मीबजारस्थित क्याम्पसमा बिहान करिब साढे ११ बजे बम बिस्फोट भएको हो। क्याम्पसको पूर्वपट्टि रहेको पुस्तकालय भवननजिकै बिस्फोट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका निरीक्षक महेश्वर उपाध्यायले घटनास्थलको निरीक्षण गर्दा सुतली बम बिस्फोट भएको आशंका गरिएको बताए।

गोरखा, फागुन १६– गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पस हाताभित्र सोमबार बिहान बम बिस्फोट भएको छ। लक्ष्मीबजारस्थित क्याम्पसमा बिहान करिब साढे ११ बजे बम बिस्फोट भएको हो।

क्याम्पसको पूर्वपट्टि रहेको पुस्तकालय भवननजिकै बिस्फोट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका निरीक्षक महेश्वर उपाध्यायले घटनास्थलको निरीक्षण गर्दा सुतली बम बिस्फोट भएको आशंका गरिएको बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ। यस्तै, गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीले लगाएको ताला अझै खुल्न सकेको छैन। मनोनयन दर्तामा मर्यादा क्रम नमिलेको भन्दै अखिल क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेको थियो।

नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच मनोनयन दर्ताको क्रममा विवाद भएको थियो। अहिले वार्ताबाट सहमतिको प्रयास भइरहेको क्याम्पसले जनायो।

 


 

More form the Internet

loading...