Suvadin, Home
झापा जिल्लामा झोलुंगे पुलको माग बढेको छ। समय र लागत कम लाग्ने तथा सर्बसाधारण प्रत्यक्ष लाभान्वित हुने भएकाले माग बढेको हो। हाल जिल्लामा तीन करोड ८७ लाख ५४ हजार ३ सय ६६ रुपैयाको लागतमा १३ वटा झोलुंगे पुलको निर्माण कार्य सम्पन्न भएको छ।

भद्रपुर, माघ २५- झापा जिल्लामा झोलुंगे पुलको माग बढेको छ। समय र लागत कम लाग्ने तथा सर्बसाधारण प्रत्यक्ष लाभान्वित हुने भएकाले माग बढेको हो। हाल जिल्लामा तीन करोड ८७ लाख ५४ हजार ३ सय ६६ रुपैयाको लागतमा १३ वटा झोलुंगे पुलको निर्माण कार्य सम्पन्न भएको छ।

गरामनी गाविसको धरधरे खोलामा १० लाख १५ हजार, चकचकी गाविसको फलैन्ड टापु अधेँरी खोलामा १७ लाख १६ हजार, विर्तामोड नगरपालिकाको अदुवा खोलामा १२ लाख ७१ हजारमा र धाइजन गाविसको ढाक्रे खोलामा १५ लाख २६ हजारमा पुल निर्माण भएका हुन्।

यस्तै बुधबारे गाविसको दामा खोलामा २८ लाख १६ हजार, तोपगाछि गाविसको ढ्याङ्ग्री खोलामा १७ लाख ३३ हजार, केचना गाविसको झोपुमा १२ लाख ४८ हजार, शिवसत्ताक्षी नगरपालिकाको मैनाचरी झोपुमा १९ लाख ५९ हजार र दुवागढी गाविसको हडिया खोलामा ६५ लाख १८ हजारमा पुल बनेका छन्।

डागीवारी गाविसको घाग्रा खोलामा ४० लाख ३१ हजार, जलथल गाविसको काजली खोलामा ५७ लाख ९३ हजार, शनिअर्जुन नगरपालिकाको रेखा खोलामा ४२ लाख ९१ हजारमा र गरामनी गाविसको देउनीया खोलामा ४८ लाख ३२ हजार लागतमा पुल  निर्माणकार्य सम्पन्न भएको जिल्ला विकास समितिका योजना शाखाका डिल्ली नेपालले बताए ।

समय र लागत पनि कम लाग्ने, जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने देखिपछि जिविसले पछिल्लो समयमा पक्की पुल निर्माण हुननसक्ने स्थानमा झोलुंगे पुल निर्माण गरेर जनतालाई सेवा प्रदान दिन खोजेकोे देखिन्छ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ९२ प्रतिशत, सम्बन्धित गाविस वा नगरपालिकाको ३ प्रतिशत, जिविसको ३ प्रतिशत र उपभोक्ताले २ प्रतिशत खर्च ब्यहोरेर निर्माण हुने यस्ता झोलुंगे पुलको झापामा थप सातवटाको माग भएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताए । झोलुंगे पुल खुदुनावारी, चकचकी, गोलधाप, तोपगाछि, धरमपुर र महाभरा गाविसका बासिन्दाले माग गरेको र पूरा गर्न अगामी आर्थिक वर्षमा योजना सुरु हुने जिविसको भनाइ छ। रासस

 


 

More form the Internet

loading...