Suvadin, Home

देशभरि नै मध्यम वर्षा, आइतबारबाट मात्रै मौसम सफा हुने 

पश्चिमी वायुको प्रभावका कारण देशभरि नै मध्यम खालकाे वर्षा भएको छ। भू-मध्य सागरबाट आएको ओसिलो वायुको प्रभावले प्रि-मनसुन सुरु भर्इ देशभर मेघ गर्जनसहित पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तस्बिर : सामाजिक सञ्जालबाट

काठमाडौं, फागुन २७ - पश्चिमी वायुको प्रभावका कारण देशभरि नै मध्यम खालकाे वर्षा भएको छ। भू-मध्य सागरबाट आएको ओसिलो वायुको प्रभावले प्रि-मनसुन सुरु भर्इ देशभर मेघ गर्जनसहित पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गका अनुसार पानी पार्ने ओसिलो वायु नेपालको पूर्वबाट पश्चितर्फ सरेकाले देशभर बदली भर्इ पानी परेको हो। अहिले यो प्रि-मनसुन पश्चिमी र मध्य क्षेत्रमा सक्रिय छ। शनिबार भने मध्य र पूर्वमा मनसुन सक्रिय रहने हुँदा पानी पर्ने उनले बताए ।

आइतबारबाट भने मौसम सफा रहने देखिएको उनले जानकारी दिएका छन्। काठमाडौंसहित पश्चिम क्षेत्रमा शुक्रबार बेलुकी राति २० देखि ३० मिलिमिटरसम्म पानी पर्ने विभागको अनुमान छ। उच्च हिमाली भेगमा भने हिउँ भारी हिमपात भइरहेको छ। 

बुधबार पश्चिमी क्षेत्रको मौसम बदलिएर केही ठाउँमा हल्का पानी परेको थियो। विभागले बुधवार दिपायलमा चार, डढेलधुरामा तीन, धनगढीमा तीन, जुम्लामा सात र पोखरामा तीन मिलिमिटर पानी परेको रकर्ड गरेको छ।

काठमाडाैंमा बिहीबार बिहान छिटफुट पानी परेको थियो। यो वर्ष हिउँदमा गत वर्षभन्दा कम पानी परेको विभागले जनाएको छ। गएको २४ घण्टामा जुम्लामा २२ वीरेन्द्ननगरमा २१, पोखरा र दाङमा १७/१७ मिलिमिटर पानी परेको विभागले रेकर्ड गरेको छ।


 


 

More form the Internet

loading...