Suvadin, Home

पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा चालीस जनाको मृत्यु

 

नानच्याङ, ९ मङ्सिर

 चीनको पूर्वमा अवस्थित जियाङसी प्रान्तमा एक निर्माणाधिन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा चालीस जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । 

घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले घटनामा कम्तिमा चालीस जनाको मृत्यु भएको जनाएपनि भत्किएको टावरको भग्नावशेषमुनि अझै केही मजदुर पुरिएको अनुमानमा उद्धारलाई जारी राखिएको छ । 

बिहीबार विहानै करिव ७ बजेतिर भएको उक्त घटनामा पाँच जना मजदुर घाइते भएका बताइएको छ । उनीहरूको स्थानीय एक अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस


 

More form the Internet

loading...