Suvadin, Home

पूर्वकाे कुख्यात आपराधिक गिरोह सार्वजनिक

सुनसरी र मोरङका विभिन्न ठाउँका हतियार लेखाएर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरिएको छ। इलाका प्रहरी कार्यालय इटहरीले नाइकेसहित आपराधिक समूहका सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको हो। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले लामो समयदेखि सुनसरीको दुहवी, पकली, इटहरी, खनार र मोरङको विराट चोक, विराटनगर लगायतका स्थानमा हातहतियार देखाएर लुटपाट गर्ने समूहको नाइकेलाई पक्राउ गरिएको बताएका छन्।
पक्राउ परेका अभियुक्त र बरामद हातहतियार । तस्विरः ध्रुव/शुभदिन

सुनसरी, माघ २६


सुनसरी र मोरङका विभिन्न ठाउँका हतियार लेखाएर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरिएको छ। इलाका प्रहरी कार्यालय इटहरीले नाइकेसहित आपराधिक समूहका सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले लामो समयदेखि सुनसरीको दुहवी, पकली, इटहरी, खनार र मोरङको विराट चोक, विराटनगर लगायतका स्थानमा हातहतियार देखाएर लुटपाट गर्ने समूहको नाइकेलाई पक्राउ गरिएको बताएका छन्।

प्रहरीले पक्राउ परेका सबैले प्रायजसो हातहतियार साथमै लिएर हिँड्ने गरेको खुलासा गरेको छ। कडा मेहनतका साथ उनीहरुलाई पक्राउ गरिएको जानकारी गराइएको छ। गत माघ १७ गते इटहरीको खनारबाट तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ गर्न गएको टोलीमाथि डकैतीमा संलग्न उक्त समहले ११ राउन्ड गोली हानेको थियो। प्रहरीले उनीहरुलाई पक्राउ गर्न खुट्टामा गोली चलाउनु परेको प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिएका छन्।

प्रहरीले सार्वजनिक गरेको अभियुक्तहरुमा श्रवण सरदार, सतन पासवान, करिश्मा भनिने सुभलाल सरदार र शम्भु भनिने अमरबहादुर मगर रहेका छन्। पक्राउ परेमध्ये श्रवण सरदार, सतन पासवान र सुभलाल सरदारलाई खनारमा भएको दोहोरो गोली हानाहानमा गोली लागि घाइते भएपछि पक्राउ गरिएको हो।

पक्राउ परेको लुटेरा समूहबाट अमेरिकामा बनेको स्वचालित पेस्तोल ३ थान, कटुवा पेस्तोल १ थान, ७ दशमलव ६५ एमएम गोली ६ राउन्ड, काठको चक्कु फेला पारिएको प्रहरीले जानकारी दिएकाे छ।

यस्तै, लागू पदार्थ लाइजेल्याव सय एम्पुल, लुपजेसिक ८० एम्पुल, फेनारगन सय एम्पुल, र कोरेक्स ३ बोटल र दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो।

आपराधिक समूहको गिरफ्तारसँगै सुनसरी र मोरङमा हुने आपराधिक घटनामा कमी आएको प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिए। आपराधिक समूहका नाइकेहरु नै पक्राउ परेकाले अब शान्ति सुरक्षा प्रभावकारी बन्ने आशा व्यक्त गर्दै उनले नागरिकलाई विश्वस्त हुन आग्रह पनि गरे।

पूर्वमा प्रहरीले गरेको यो अप्रेसन निकै ठुलो र महत्वपूर्ण मानिएको छ। पछिल्लो समय सुरक्षाको विषयलाई लिएर निकै चर्चा चलिरहेको बेला इलाका प्रहरी कार्यालय इटहरीले गरेको यो कार्यलाई प्रहरी वृत्तमा निकै राम्रो उपलब्धिको रुपमा हेरिएको छ। पूर्वमा हुने आपराधिक घटनामा कमी हुने प्रहरीको विश्वास छ।


 

More form the Internet

loading...