Suvadin, Home

अाफन्त फेला नपरेपछि नेपालीकाे शव दिल्लीमा अलपत्र

भारतको राजधानी दिल्लीमा एक नेपाली युवकको चार तले भवनबाट लडेर मृत्यु भएको छ। हरिनगरको जी ब्लक एक्सटेनसनस्थित उषा पार्कमा अन्दाजी पैतिस वर्षीयका मधु थापाकाे भवनबाट लडेर मृत्यु भएकाे हाे।
थापा बस्ने घर । तस्बिर : शुभदिन

नयाँ दिल्ली, फागुन १६ - भारतको राजधानी दिल्लीमा एक नेपाली युवकको चार तले भवनबाट लडेर मृत्यु भएको छ। हरिनगरको जी ब्लक एक्सटेनसनस्थित उषा पार्कमा अन्दाजी पैतिस वर्षीयका मधु थापाकाे भवनबाट लडेर मृत्यु भएकाे हाे।

हरिनगर प्रहरीका अनुसार २१ फेब्रुअरीका दिन आफू बस्ने भवनको चौंथो तल्लाबाट लडेर उनकाे मृत्यु भएको हाे। भवनबाट लडेर गम्भीर घाइते भएका थापाको हरिनगरको दिनदयाल अस्पतालमा उपचार चलिरहेको थियो।

घटनाबारे जानकारी दिँदै प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य गोपाल थापाले दुर्इ दिनदेखि अस्पतालमा उपचारार्थ मधु थापाको आइतबार राति मृत्यु भएको बताएका छन्। उनको नाम मधु थापा भन्ने खुल्न आएपनि नेपालकाे स्थायी ठेगाना खुलेकाे छैन।

थापाकाे घरसँगै र आफन्तका बारेमा अहिलेसम्म थाहा हुन सकेको छैन। यद्यपि उनको घर दाङ भएको बताइएकाे छ। उनका आफन्तको खोजी गरिदिन नेपाली राजदूतावासमा जानकारी गराइएको प्रवासी नेपाली संघका सदस्य गोपाल थापाले बताए।

मृतकको शव दिनदयाल अस्पतालको शवगृहमा राखिएको छ। अाफन्त फेला नपरेपछि नेपालीकाे शव दिल्लीमा अलपत्र परेका हाे। अाफन्तजनलार्इ नेपाली दूताबासमा सम्पर्क गर्न अाग्रह गरिएकाे छ।


 

More form the Internet

loading...