Suvadin, Home

विकास माग्दै कालिकोटबाट काठमाडौं

सडक निर्माणको माग गर्दै दुर्गम कालिकोटका स्थानीय काठमाडौं आएका छन्। उनीहरूले बिहीबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाए। जिल्लाको लालीघाटदेखि विमानस्थलसम्मको सडक निर्माण तत्काल सम्पन्न गर्न माग गर्दैै उनीहरुले ज्ञापनपत्र दिएका हुन्।

काठमाडौं, माघ २८– सडक निर्माणको माग गर्दै दुर्गम कालिकोटका स्थानीय काठमाडौं आएका छन्। उनीहरूले बिहीबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाए।

जिल्लाको लालीघाटदेखि विमानस्थलसम्मको सडक निर्माण तत्काल सम्पन्न गर्न माग गर्दैै उनीहरुले ज्ञापनपत्र दिएका हुन्। काँग्रेस कालीकोटका नेता भूपेन्द्रजंग शाहीको नेतृत्वको टोलीले माघ २९ गतेदेखि विमानस्थलमा जहाज संचालन हुन लागेको र विमानस्थलबाट लालीघाटसम्म जाने मोटरबाटो नभएकाले तत्काल निर्माण सम्पन्न गर्न माग गरेको हो।

यस्तै, जिल्लाका ३० वटै गाविसमा मोटरबाटो पुर्याउनुपर्ने, दैलेख–कालीकोट–जाजरकोट मोटरबाटोलाई उच्च प्राथमिकता दिनुपर्ने, कालीकोट जिल्लाका खोलामा पक्की पुल निर्माण गर्नुपर्ने माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले कर्णालीको विकास निर्माणका लागि उच्च प्राथमिकता दिएको बताउँदै बिमानस्थल जोड्ने सडक निर्माणका लागि तत्काल विभागलाई निर्देशन दिएका थिए। रासस


 

More form the Internet

loading...