Suvadin, Home
एक महिनापछि हस्तान्तरण गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माणाधीन महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रूपैयाँ अपुग भएको छ। धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले सोमबार पत्रकारसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हास्य कलाकार मह जोडीसहित एक दर्जन राष्ट्रिय कलाकारले वस्ती शिलान्यास गरेका थिए।

महोत्तरी, फागुन २– एक महिनापछि हस्तान्तरण गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माणाधीन महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रूपैयाँ अपुग भएको छ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले सोमबार पत्रकारसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हास्य कलाकार मह जोडीसहित एक दर्जन राष्ट्रिय कलाकारले वस्ती शिलान्यास गरेका थिए।

अहिले  बस्तीको भवन निर्माण कार्य ३६ प्रतिशत मात्र सम्पन्न भएको छ। वस्ती निर्माणका लागि दुई करोड विभिन्न माध्यमबाट संकलन भइसकेको अध्यक्ष धुर्मुसले बताए। बाँकी अपुग रकम सहयोगका लागि उनले सबै संग सहयोगको अपिल गरेका छन्।

जसरी भएपनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमूना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ। रासस


 

More form the Internet

loading...