Suvadin, Home

तरार्इमा सुरू भयाे चुनावी चहलपहल

सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय पर्साले निर्वाचनको तयारी व्यापक रुपमा गर्नुको साथै आचारसंहिताको अनुगमनमा जुटेको छ।
निर्वाचन अायाेगकाे कार्यालय ।

वीरगन्ज, फागुन २३ – सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय पर्साले निर्वाचनको तयारी व्यापक रुपमा गर्नुको साथै आचारसंहिताको अनुगमनमा जुटेको छ।

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन हालसम्म नआएकाले मतदान केन्द्र पुनवलोकन गर्ने काम भने हुन नसकेको जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताएका हुन्। 

एक उपमहानगरपालिका, एक नगरपालिका र ६६ गाउँ विकास समिति रहेको पर्सा जिल्लाको क्षेत्र नं– १ मा ३२ हजार ७९६ पुरुष, २५ हजार दुई सय महिला तथा चारजना तेस्रो लिङ्गी मतदाता रहेको छ। क्षेत्र नं–२ मा ३१ हजार ९० पुरुष २३ हजार महिला मतदाता रहेको छ। 

यसैगरी पर्सा क्षेत्र नं–३ मा ३२ हजार ८६२ पुरुष, २३ हजार ७०० महिला तथा पाँचजना तेस्रो लिङ्गी मतदाता छन्, भने क्षेत्र नं–४ मा ३१ हजार ५०५ पुरुष, २३ हजार ७७२ महिला तथा चारजना तेस्रो लिङ्गी छन् भने क्षेत्र नं– ५ मा ३१ हजार ८२१ पुरुष, २५ हजार ५०० महिला तथा चारजना तेस्रो लिङ्गी मतदाता रहेका छन्। 

स्थानीय निकायअन्तर्गत गाउँपालिका र नगरपालिकाको निर्वाचनलाई दृष्टिगत गरी हालसम्म जिल्ला निर्वाचन आयोगमा ४० वटा राजनीतिक दलहरुले आ–आफनो पार्टी दर्ता गराएका छन्। 

निर्वाचनको मिति घोषणा भएसँगै पर्साको विभिन्न चोक चौरहा, चिया पसल, पान पसलमा निर्वाचनबारे चर्चा परिचर्चा चल्न थालेको छ। मतदाताले विकास निर्माणमा बढी जोड दिने दलका उम्मेद्वारलाई प्राथमिकतामा राखेका छन्।

चुनावलाई सफल पार्न तिनै तहका सुरक्षा योजनालाई कसरी परिचालन गर्नेबारे रणनीति तयार गर्नेबारे छलफल भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताएका थिए। रासस


 

More form the Internet

loading...