Suvadin, Home

नवलपरासीमा किसानको जग्गा भु–माफियाद्वारा कब्जा

नवलपरासीमा भु–माफिया गिरोहले पडरी गाउँका किसानलाई झुक्याएर ३४ विगाह जग्गा अन्यत्रै बिक्री गरेपछि किसानको रुवाबासी चलेको छ। नवलपरासीको सनई गाविसको वडा नम्बर–७, ८ र ९ पडरी गाउँमा सोझा किसानलाई झुक्याइएर दलालले जग्गा कब्जा गरेको खुलासा भएको हो। किसानहरुलाई भु–माफियाहरुले जालसाँझी गरी ३४ विगाह जग्गा कब्जा गरिसकेका छन्। भु–माफियाले जग्गा कब्जा गरेपछि अहिले किसानहरु रुँदै हिडेका छन्।
नवलपरासीको सनई गाउँ ।

नवलपरासी, फागुन ४


नवलपरासीमा भु–माफिया गिरोहले पडरी गाउँका किसानलाई झुक्याएर ३४ विगाह जग्गा अन्यत्रै बिक्री गरेपछि किसानको रुवाबासी चलेको छ। नवलपरासीको सनई गाविसको वडा नम्बर–७, ८ र ९ पडरी गाउँमा सोझा किसानलाई झुक्याइएर दलालले जग्गा कब्जा गरेको खुलासा भएको हो।

किसानहरुलाई भु–माफियाहरुले जालसाँझी गरी ३४ विगाह जग्गा कब्जा गरिसकेका छन्। भु–माफियाले जग्गा कब्जा गरेपछि अहिले किसानहरु रुँदै हिडेका छन्। ५० वर्षअघि सीमावर्ती सनई गाविसस्थित पडरी गाउँका जमिन्दार प्रेमशरण खत्रीले स्थानीय किसानलाई आफ्नो जग्गा जोतभोग गर्न दिएका थिए।

खत्रीले किसानहरुलाई दिएको केही जग्गामा मोही लागेको थियो, केही जग्गा हुण्डामा थियो। जमिन्दार खत्रीले किसानहरुसँग हुण्डाको वर्सेनि पैसा असुल्दै आएका थिए। भारतको दिल्ली बस्दै आएका जमिन्दार खत्रीको मृत्युपछि स्वामीत्व छोरा अनुप खत्रीले लिए।

अनुपले किसानहरुलाई जग्गाको नामसारी गर्ने बताउँदै आएपनि भु–माफियाहरुले सबै कार्यालयका प्रमुखको नाममा पास गराएपछि किसान मर्कामा परेका हुन्। पडरी गाउँका ६५ जना स्थानीय किसानको जोतभोगमा रहेको ३४ विगाह जग्गा अनुपले बिक्री गरेपछि किसानहरुको बिचल्ली भएको हो।

भु–माफिया गिरोहको प्रलोभनमा परी अनुपले रातारात सनई गाविस, मालपोत कार्यालय, भूमि सुधार कार्यालय र नापी कार्यालयका प्रमुखहरुसँग मिलेर जग्गा पास गरेको पीडित संञ्जय सैतवारले जनाएका छन्।

६८ वटा कित्तामा रहेको ३४ विगाह जग्गामध्ये १ विगाह ५ कठ्ठा जग्गामा पक्की घरघडेरी बनाइएको छ। नामसारी भएको जग्गाको मोही हक र जग्गा बिक्रीको आधार खोज्दै पीडित दिनँहु जिल्ला भूमिसुधार कार्यालय नवलपरासीमा धाउने गरेका छन्।

भूमि सुधार कार्यालय नवलपरासीका प्रमुख ईश्वरप्रसाद कलवारले कागजातहरु वि.सं. २०६८ सालमै हराएको बताएका छन्। पीडित किसानले जग्गा फिर्ताका लागि जिल्ला प्रशासन, मालपोत र भूमि सुधार कार्यालयमा हारगुहार गर्दै आएपनि कुनै निकायबाट सुनुवाई भएको छैन।

केही समययता जिल्लाका भु–माफिया गिरोह सार्वजनिक जग्गा, छुट कित्ता, खोला नाला, ८ नम्बरप्रति र उखडा जग्गाहरु विभिन्न कार्यालयका हाकिमहरुलाई मिलाएर बेच्ने कार्यमा सरिक हुँदै आएका छन्।


 

More form the Internet

loading...