Suvadin, Home

सरकारप्रति मानवअधिकार आयोगको असन्तुष्टि

शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजाति अधिकारसम्बन्धि कार्यशालाको उद्घाटन गर्दै उनले, दलित, आदिवासी÷ जनजाति लगायतका समुदायबीच कुटपिटका घटना समेत हुने गरेको उल्लेख गर्दै ती समस्या समाधान गर्न सरकारले ढिलाई गर्न नहुनेमा सचेत गराए। अध्यक्ष शर्माले भूकम्प पीडितलाई मानव अधिकारको प्रत्याभूति गराउन पनि सरकार चुकेको भन्दै असन्तुष्टि व्यक्त गरे।

काठमाडाैं, पुस २२


राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विभिन्न समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि सरकारलाई तत्काल समन्वय केन्द्र स्थापना गर्न निर्देशन दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजाति अधिकारसम्बन्धि कार्यशालाको उद्घाटन गर्दै उनले, दलित, आदिवासी÷ जनजाति लगायतका समुदायबीच कुटपिटका घटना समेत हुने गरेको उल्लेख गर्दै ती समस्या समाधान गर्न सरकारले ढिलाई गर्न नहुनेमा सचेत गराए। अध्यक्ष शर्माले भूकम्प पीडितलाई मानव अधिकारको प्रत्याभूति गराउन पनि सरकार चुकेको भन्दै असन्तुष्टि व्यक्त गरे।

आयोगले सरकार र राजनीतिक दलहरु सत्ताको जोड घटाउमा मात्रै लाग्दा मानव अधिकारको अवस्था नेपालमा चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै आएको छ। आयोगका अध्यक्ष शर्माले मानवअधिकार सम्बन्धि आफैंले बनाएको कार्ययोजना अनुसार चल्न पनि सरकारलाई सुझाए। ‘तराई आन्दोलन र भूकम्पपीडितलाई राहत दिने लगायत थुप्रै कामको अनुगमन मानव अधिकार आयोग एक्लैले गर्नुपरेको छ,’ उनले भने।

 


 

More form the Internet

loading...