Suvadin, Home

श्रीनगरमा सुरक्षाकर्मी हिमपातमा पुरिए

भारतको श्रीनगर नजिकै पाँच जना भारतीय सुरक्षाकर्मी शनिबार बाक्लो हिउँमा पुरिएका छन्। सो ठाउँमा केहीदिन अघि मात्रै २० जना व्यक्ति पनि हिउँमा पुरिएको भारतीय सेनाका प्रवक्ताले जानकारी दिएका छन्। हिउँमा पुरिएका सहकर्मीहरुको अझै खोजी कार्य जारी रहेको भारतीय प्रवक्ताले बताएका छन्। अरु १५ जना भारतीय सुरक्षाकर्मीहरु पनि हिउँमा पुरिएकोमा दुइदिन पछि मात्रै उनीहरुको शव हिउँबाट निकालिएको थियो।

श्रीनगर-भारत, माघ १६


भारतको श्रीनगर नजिकै पाँच जना भारतीय सुरक्षाकर्मी शनिबार बाक्लो हिउँमा पुरिएका छन्। सो ठाउँमा केहीदिन अघि मात्रै २० जना व्यक्ति पनि हिउँमा पुरिएको भारतीय सेनाका प्रवक्ताले जानकारी दिएका छन्।

हिउँमा पुरिएका सहकर्मीहरुको अझै खोजी कार्य जारी रहेको भारतीय प्रवक्ताले बताएका छन्। अरु १५ जना भारतीय सुरक्षाकर्मीहरु पनि हिउँमा पुरिएकोमा दुइदिन पछि मात्रै उनीहरुको शव हिउँबाट निकालिएको थियो।

त्यसैगरी, यही साता पाँच जना नागरिक पनि हिउँमै पुरिएका थिए। उनीहरुमध्ये चार जना एकै परिवारका थिए। हरेक वर्षको जाडोको समयमा यस क्षेत्रमा दर्जनौं भारतीय र पाकिस्तानी सुरक्षाकर्मीहरुको हिउमा पुरिएर मृत्यु हुने गरेको छ। रासस/एएफपी


 

More form the Internet

loading...