Suvadin, Home

१६ बोरा गाँजासहित भारतीय पक्राउ

प्रहरीले बिहीबार ठूलो परिणामको लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी प्रहरी चेकपोष्टबाट १६ बोरा गाँजासहित भारत मोतीहारी पूर्वी चम्पारन-७ का अशोककुमार दुबे पक्राउ परेका हुन्।

हेटौंडा, चैत ३ - प्रहरीले बिहीबार ठूलो परिणामको लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी प्रहरी चेकपोष्टबाट १६ बोरा गाँजासहित भारत मोतीहारी पूर्वी चम्पारन-७ का अशोककुमार दुबे पक्राउ परेका हुन्।

सुनाचुरीबाट लोड गरिएको गाँजा र भारतीय डब्लु बी ११-८५२४ नम्बरको गाडीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी वसन्त लामाले बताए। ट्रकको फल्स बटम बनाएर गाँजा लुकाएर ल्याइएको उनको भनाइ छ।

पत्रकार सम्मेलनको आयोजना गरेर प्रहरीले बरामद गाँजा, ट्रक र पक्राउ परेका चालक दुबेलाई सार्वजनिक गरेको छ। चालकले वीरगन्ज हुँदै भारततर्फ लैजानका लागि गाँजा लुकाएर ल्याएको प्रहरीसमक्ष वयान दिएका छन्।


 

More form the Internet

loading...