Suvadin, Home

जीप दुर्घटनामा दुई यात्रु गम्भीर 

प्यूठानमा सोमबार बिहान जीप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। बाँके, कचनापुर निवासी चालक चन्दनसिंह कामी र सह–चालक प्युठान चुजाका  कृष्ण भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।
दुर्घटनाग्रस्त जीप।

दाङ, चैत १४– प्यूठानमा सोमबार बिहान जीप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। बाँके, कचनापुर निवासी चालक चन्दनसिंह कामी र सह–चालक प्युठान चुजाका  कृष्ण भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

समान ढुवानी गर्नका लागि तुषाराबाट बाग्दुलातर्फ जाँदै गरेको भे१च २०६४ नम्बरको पिकअप जीप प्युठान नगरपालिका १० मरन्ठानामा दुर्घटनामा परेको थियो। घाइतेलाई उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण थाहा हुन सकेको छैन। जीप सडकबाट करिब १ सय मिटर तल खोलामा खसेको प्रहरीले बतायो।
 


 

More form the Internet

loading...