Suvadin, Home

काबुल अस्पतालमा आक्रमण, ३० भन्दा बढीको मृत्यु

अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा ३० भन्दा बढी व्यक्तिको ज्यान गएकाे काबुलस्थित अफगान रक्षा मन्त्रालयले जानकारी दिएको छ। 
तस्विर : एजेन्सी

काबुल, फागुन २५ - अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा ३० भन्दा बढी व्यक्तिको ज्यान गएकाे काबुलस्थित अफगान रक्षा मन्त्रालयले जानकारी दिएको छ। 

आक्रमणमा परी मारिने प्रायः डाक्टर, नर्स, बिरामीहरु परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। यस आक्रमणमा परी करिब ५० घाइते भएका छन्। 

उक्त आक्रमणमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले बताएका छन्। एएफपी


 

More form the Internet

loading...