Suvadin, Home

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितकाे निधन

कमलमणि दीक्षित।

काठमाडौं, पुस १४


वरिष्ठ साहित्यकार कमलमणि दीक्षितकाे निधन भएको छ। ८७ वर्षीय दीक्षितका बिहीबार बिहान पौने ३ बजे ललितपुरस्थित बीएन्डबी हस्पिटलमा निधन भएको हो। 

पारिवारीक स्रोतका अनुसार उनी श्वासप्रश्वासको समस्याबाट पीडित थिए। फोक्सोको क्यान्सरबाट पीडित दीक्षितलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

दीक्षितको अन्त्येष्टि बिहीबार बिहानै पशुपति आर्यघाटमा गरिएको छ। वि.सं. १९८६ भदौ कुशे औंशीका दिन काठमाडौंस्थित उनी जन्मिएका हुन्।

दीक्षित पछिल्लो समय ललितपुरको पाटनढोकामा बस्दै आएका थिए। उनले सिर्जना गरेका तथा सम्पादन गरेका ७५ वटाभन्दा धेरै पुस्तक प्रकाशित भएका छन् ।

मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक तथा अध्यक्ष दीक्षितको साहित्यिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक संघसंगठनमा महत्वपूर्ण योगदान गरेको छ। 

छोराहरु कुन्द दीक्षित र कनकमणि दीक्षित पत्रकार हुन्। छोरी रूपा जोशी पनि पत्रकारितामा क्रियाशील छन्।

पत्नी अञ्जु पौडेलको गत वर्ष निधन भएको थियो । विभिन्न साहित्यिक संघ-संस्थाले दीक्षितको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जलि प्रकट गरेका छन्।


 

More form the Internet

loading...