Suvadin, Home
- कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ठाउँ अभावले त्रिपालमुनि राख्न थालिएको छ। कारागारको क्षमता ९५ जना भए पनि २ सय ६० कैदीबन्दी छन्। ठाउ नहुँदा उनीहरूलाई बस्न त्रिपालमुनि व्यवस्था मिलाएको कारागार प्रशासनले जनाएको छ।

कञ्चनपुर, माघ २१ - कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ठाउँ अभावले त्रिपालमुनि राख्न थालिएको छ। कारागारको क्षमता ९५ जना भए पनि २ सय ६० कैदीबन्दी छन्। ठाउ नहुँदा उनीहरूलाई बस्न त्रिपालमुनि व्यवस्था मिलाएको कारागार प्रशासनले जनाएको छ।

अहिदे कारागारमा २ सय ४८ पुरुष र १२ महिला कैदीबन्दी छन्। कारागारमा पुरुष ७० र महिला कैदीबन्दी २५ राख्ने क्षमता छ। ‘क्षमताभन्दा बढी भएका कैदीबन्दीलाई कारागारभित्रै रहेको मैदानमा त्रिपाल टाँगेर राख्ने व्यवस्था गरेका छौं,’ जेलर श्यामराज भट्टले भने।

उनका अनुसार केहीलाई ग्यालरी र टहरामा पनि राखिएको छ। कैदीबन्दी थपिँदा शौचालय जान र पानी थाप्नसमेत लाइनमा बस्नुपर्ने बाध्यता छ।

कारागार भवन जीर्ण छ। मर्मतसम्भार अभावले भत्किएर दुर्घटना निम्तिने खतरासमेत रहेको छ। २०२३ मा निर्माण भएको कारागारको पर्खालमा लगाइएका इटासमेत खिइएर झर्न थालेका छन्। सहरी विकास विभाग डिभिजन कार्यालयमा कारागारको नयाँ भवन निर्माण र खानेपानीका लागि बोरिङ जडान गर्न माग गरिएको जेलर भट्टले बताए। शौचालय निर्माणका लागि जिबिससँग माग गरिएको उनको भनाइ छ। रासस


 

More form the Internet

loading...