Suvadin, Home

कर्णालीको कहर : सुन फल्ने ठाउँमा नुनको खाँचो

 हुम्लाको ठेहे-२ घर भएकी दान बोहोरा अचेल पढ्न लेख्न सिक्दैछिन्। कक्षा ३ मा अध्ययनरत् बोहोरा स्थानीय कन्नाली खुला गृहिणी विद्यालयमा पढ्ने गर्छिन्। चेतना र शिक्षाले पछाडि परेको कर्णालीका पाँचै जिल्लामा सरकारले साक्षरता अभियान थालेपछि अहिले महिलाहरू अशिक्षाको अँध्यारो हटाउने अभियानमा छन्। ‘पढ्न मन छ, तर धेरैबेरमा मात्रै एउटा कुरा सिक्न सक्छु,’ ३२ वर्षीया बोहोराले शुभदिनसँग भनिन्, ‘जसरी पनि जान्ने हुनु छ।’ निर्वाध पढ्न-लेख्न पनि बोहोरालाई छुट छैन। काखमा शिशु च्यापेर उनी पढ्न जान्छिन्। तीन जना छोराछोरीकी आमा उनी अचेल आफ्नो नाम आफैं लेख्न र पढ्न सक्छिन्। बोहोराका छोराछोरी प्राथमिक तह छिचोल्न लाग्दा उनी पनि कक्षा एकमा भर्ना भएकी थिइन्। पुस्तक राम्ररी पढ्न सक्ने उनी अहिले अरू महिलालार्इ पनि पढ्न प्रेरित गरिरहेकी छिन्।
कन्नाली खुला गृहिणी विद्यालयमा अध्ययनरत् सिमीकाेटका महिला। तस्बिर : नवराज महतरा

यसरी बदलिँदैछ कर्णाली

काठमाडौं, माघ २६ - हुम्लाको ठेहे-२ घर भएकी दान बोहोरा अचेल पढ्न लेख्न सिक्दैछिन्। कक्षा ३ मा अध्ययनरत् बोहोरा स्थानीय कन्नाली खुला गृहिणी विद्यालयमा पढ्ने गर्छिन्। चेतना र शिक्षाले पछाडि परेको कर्णालीका पाँचै जिल्लामा सरकारले साक्षरता अभियान थालेपछि अहिले महिलाहरू अशिक्षाको अँध्यारो हटाउने अभियानमा छन्।

‘पढ्न मन छ, तर धेरैबेरमा मात्रै एउटा कुरा सिक्न सक्छु,’ ३२ वर्षीया बोहोराले शुभदिनसँग भनिन्, ‘जसरी पनि जान्ने हुनु छ।’ निर्वाध पढ्न-लेख्न पनि बोहोरालाई छुट छैन। काखमा शिशु च्यापेर उनी पढ्न जान्छिन्।

तीन जना छोराछोरीकी आमा उनी अचेल आफ्नो नाम आफैं लेख्न र पढ्न सक्छिन्। बोहोराका छोराछोरी प्राथमिक तह छिचोल्न लाग्दा उनी पनि कक्षा एकमा भर्ना भएकी थिइन्। पुस्तक राम्ररी पढ्न सक्ने उनी अहिले अरू महिलालार्इ पनि पढ्न प्रेरित गरिरहेकी छिन्।

बोहोरासँगै दुर्गम क्षेत्र विकास समितिका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामाकी श्रीमती ५७ वर्षीया रिग्जी लामा पनि अचेल पढ्न थालेकी छिन्। ‘शिक्षा आर्जन गर्नुपर्ने होस् अहिले खुल्दै छ,’ उनले भनिन्, ‘पढ्दा आत्मसम्मान पनि बढ्ने रहेछ।’

हुम्लाका सञ्चारकर्मी नवराज महतराका अनुसार प्रमुख शिक्षक भीमप्रसाद पंगालीको संयोजनमा कक्षा सञ्चालन भइरहेको छ। महतराले कर्णाली क्षेत्रमा शिक्षा आर्जन गर्नुपर्छ भन्ने धारणाको विकास भएको जनाउँदै राज्यको लगानी अनुसार विस्तारै सुधार आउन थालेको बताएका छन्। 

‘कर्णालीको कहर अब विस्तारै सम्भावनाको बाटो समाल्ने गन्तव्यतर्फ केन्द्रित हुँदैछ,’ महतराले शुभदिनसँग भने, ‘सामाजिक जागरणसँगै सांस्कृतिक र आर्थिक विकासमा राज्यको लगानी बढे कर्णाली सबैभन्दा समृद्ध क्षेत्र हुनसक्छ।’

कसरी सम्भव छ कर्णालीको विकास?

डोल्पा, जुम्ला, हुम्ला, कालिकोट र मुगु जिल्ला कर्णाली अञ्चलमा पर्छ। राज्य पुनर्संरचनापछि कर्णालीको स्वरुप कस्तो हुन्छ भन्ने अहिल्यै निर्क्याैल भइसकेको छैन। ‘तर, एउटा कुरा निश्चित छ, अब सरकारले कर्णालीको विकासमा अलिक जोड दिनुपर्छ,’ महतरा भन्छन्, ‘आर्थिक विपन्नता हटाउन प्राकृतिक स्रोत साधन परिचालन गर्नु पर्छ, कर्णालीको विकास गर्न एक दसक पनि लाग्दैन।’

प्राकृतिक सम्पदाको सदुपयोग गर्न सके कर्णालीको विकासमा नयाँ युगको थालनी हुने धारणा सांसद रीता शाहीको छ। ‘कर्णालीका तीन जिल्लामा मोटरबाटो पुगिसकेको छ,’ हुम्लाकी सांसद शाहीले भनिन्, ‘अब हुम्ला र डोल्पामा पनि सडक सञ्जालले जोड्नुपर्छ, अनि मात्रै कर्णालीमा विकासको ढोका औपचारिक रुपमै खुल्न सक्छ।’

सांसद शाहीले सडकमार्गले नजोडिँदा कर्णालीमा उत्पादित साम्रगी बजारसम्म पुर्याउन सकिने धारणा राखेकी छिन्। उनले कर्णालीले नेपालकै अर्थतन्त्र बदल्न सक्ने अथाह प्राकृतिक सम्पदा बोकेको टिप्पणी गरिन्।

‘तर, भौगोलिक र सामाजिक कारणले कर्णालीको विकासमा समस्या भएको हो,’ शाहीले भनिन्, ‘राज्यले आर्थिक विकासका कार्यक्रम निर्माण गरी कर्णालीलाई समृद्धिशाली क्षेत्रको रुपमा निर्माण गर्नुपर्छ।’

शिक्षाले पछि परेको कर्णालीमा कृषिको विकास गर्न र जडिबुटीको प्रशोधन तथा अध्ययन अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नुपर्नेमा शाहीले जोड दिएकी छिन्।

खाद्य संकटको समाधान

मध्यपश्चिमाञ्चलका अति दुर्गम जिल्ला हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा बर्सेनि खाद्य संकट हुने गरेको थियो। तर, केही वर्षयता खाद्य संकट टर्न थालेको छ।

‘कृषि, पशुपालन, घरेलु उद्योग, जडिबुटीको बिक्री वितरण यहाँका प्रमुख आयस्रोत हुन्, आर्थिक रुपमा सम्पन्न हुन सक्ने धेरै आधार छन्,’ महतराले भने, ‘तर, प्रकृतिले साथ नदिँदा बर्सेनि भोकमरी सहनु परेको हो।’

महतराका अनुसार गत वर्ष प्राकृतिक प्रतिकूलताका कारण खाद्यबाली उत्पादनमा ९० प्रतिशतभन्दा धेरै गिरावट आएको थियो। याे वर्ष खाद्यान्न उत्पादन बढेपछि ग्रामीण क्षेत्रका नागरिक पनि चिन्तामुक्त छन्।

‘तर, अहिले त्यस्तो छैन, वैशाख १७ गतेदेखि नेपाल खाद्य संस्थानको चामल पनि नियमित रुपमा आपूर्ति भइरहेको छ,’ महतराले थपे, ‘स्थानीय उत्पादन पनि ७० प्रतिशतभन्दा धेरै छ, त्यसैले सर्वसाधारणलार्इ कुनै चिन्ता छैन।’

सांसद शाहीको धारणा पनि महतराको जस्तै छ। आर्थिक रुपमा सम्पन्न हुन पशुपालन र कृषिलाई व्यवसायकै रुपमा बढाउनु पर्ने बताएकी छिन्। ‘कर्णालीको विकासमा अहिलेसम्म राज्यको लगानी नाम मात्रैको छ, आर्थिक रुपमा सबल बनाउन योजनाबद्ध तरिकाले लगानी गर्नुपर्छ,’ शाहीले भनिन्, ‘तब मात्रै कर्णालीमा विकासको लहरले छुन सक्छ।’

तीन सय रुपैयाँसम्म प्रतिकिलो पर्ने चामल कर्णालीका नागरिकले नेपालगञ्जकै मूल्यमा प्राप्त गरिरहेका छन्। सरकारले खाद्य सुरक्षाको प्रत्याभूति दिलाउनका लागि ढुवानीमा सहुलियत दिएपछि कर्णालीका नागरिकले पनि सस्तोमा चामल उपभोग गर्न पाएका हुन्।

‘बजारमा तीन सयसम्म पर्छ,’ महतराले भने, ‘तर, नेपाल खाद्य संस्थानको चामल सहुलियतमै पाइन्छ, नूनतेलको अभाव पनि विस्तारै समाधान हुँदैछ।’ महतराका अनुसार खाद्य संस्थानको चामल मासिक १५ किलोग्रामका दरले प्रतिव्यक्ति वितरण गर्ने गरिएको छ। चामल दिनका लागि सरकारले राशनकार्डकै व्यवस्था गरिदिएको छ।

हवार्इजहाजको विकल्प सडक

हिउँदको याम सुरू भएसँगै कर्णालीका जुम्ला, मुगु, डोल्पा, हुम्ला र कालिकोट जिल्लामा हवार्इजहाज सक्दैन। उडान नियमित हुन नसकेपछि त्यहाँका नागरिक अत्यावश्यक सामग्रीसँगै स्वास्थ्य सेवाबाट बञ्चित हुन पुग्छन्।

मंसिरदेखि फागुनसम्म उडान अनियमित हुने गरेको महतरा बताउँछन्। ‘सडक सञ्जालले जोडिएपछि हवाइ सेवा प्रभावित भएपनि फरक पर्दैन,’ महरताले भने, ‘त्यसैले सडकमार्ग विस्तारमा सरकारले बजेट थप गर्नु पर्छ।’


 

More form the Internet

loading...