Suvadin, Home

उपत्यकाकाे धुलो नियन्त्रण गर्ने प्रतिवद्धता

मेलम्ची खानेपानी आयोजना निर्देशनालयले उपत्यकामा बढ्दै गइरहेको धुलो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको छ। खानेपानी पाइपलाइन विस्तारका कारण उपत्यकाको हावा प्रदुषण हुँदै गइरहेका बेला निर्देशनालयले त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको हो।
खानेपानी परियाेजनाले सडकमै राखेका पाइप । तस्विरः शुभदिन

काठमाडाैं, फागुन ७


मेलम्ची खानेपानी आयोजना निर्देशनालयले उपत्यकामा बढ्दै गइरहेको धुलो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको छ। खानेपानी पाइपलाइन विस्तारका कारण उपत्यकाको हावा प्रदुषण हुँदै गइरहेका बेला निर्देशनालयले त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको हो।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले खानेपानीको पाइप लाइन विस्तारको क्रममा उडेका धुलो नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनले मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यका भित्र्याउने क्रममा पाइप लाइनको विस्तारको काम भइरहेको र त्यसबाट हुने प्रदुषण कम गर्न पाइप लाइन विस्तारको कामलाई रातको समयमा गर्ने व्यवस्था मिलाइएको पनि स्पष्ट पारे।

निर्देशनालयले निर्माण कार्य गर्दा सडक अवरुद्ध नहुने व्यवस्था मिलाइएको पनि जनाएको छ। निर्देशक खत्रीले पाइन लाइन विस्तारको क्रममा माटोका कणहरु हावामा फैल्न नदिन निर्माण स्थलमा हरियो नेटले घेराबन्दी गर्न थालिएको पनि जानकारी दिए।

उनले खन्ने क्रममा निस्कने माटोको संंकलन हरियो नेट भित्रै गर्न पनि सरोकारवाला निकायलाई निर्देशन दिए। निर्देशनालयले सर्वसाधारणलाई पर्ने कठिनाई कम गन एक पटकमा सय मिटर मात्रै सडक खन्ने व्यवस्था पनि गरेको छ।

त्यसैगरी मुख्य सडकमा खनिएका ट्रेन्चहरु पुरेर तत्काल सडक पुनस्र्थापना गर्ने र यसो गर्दा पाइप राखेको ८ घण्टा भित्रै सडक सुचारु हुने मापदण्ड पनि तय गरिएको छ। खानेपानीको पाइपलाइन विस्तार सम्पन्न भएपछि सडक सरसफाई गर्न पनि निर्देशनालयले सम्बन्धित निकायलाई सचेत गराएको छ।

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने पानी वितरणका लागि पाइप लाईन विस्तार गर्ने क्रममा उपत्यकामा अत्याधिक वायु प्रदषण हुँदै आएको छ ।


 

More form the Internet

loading...