Suvadin, Home

पुनर्संरचना नटुङ्गिंदा मतदान केन्द्र तोकिएन

जिल्लामा स्थानीय निकाय पुनर्संरचनाका विषयमा भएको विवादको अन्तिम किनारा नलागेका कारण मतदान केन्द्र कायम गर्ने समस्या भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जनार्दन अधिकारीले बताएका छन्।
नुवाकाेट सदरमुकाम।

नुवाकोट, फागुन २२ – स्थानीय निकायको पुनर्संरचनाको अन्तिम टुङ्गो नलाग्दा स्थानीय निकाय निर्वाचनको मतदान केन्द्र तोक्न अन्योल भएको छ। 

जिल्लामा स्थानीय निकाय पुनर्संरचनाका विषयमा भएको विवादको अन्तिम किनारा नलागेका कारण मतदान केन्द्र कायम गर्ने समस्या भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जनार्दन अधिकारीले बताएका छन्।

'स्थानीय निकायको पुनर्संरचनाको विषयमा स्पष्ट रुपमा परिपत्र आएको छैन, पत्र नआएका कारण मतदान केन्द्र कायम गर्न समस्या परेको हो,' अधिकारीले भने। 

एक नगरपालिका र ६१ गाविस रहेको नुवाकोटमा जिल्लामा स्थानीय निकाय पुनर्संरचना अनुसार एक विदुर नगरपालिका र ११ वटा गाउंँपालिका रहने छन्।

तर, आयोगमा पठाइएको विवरणमा हेरफेर भएको जनाउँदै विवाद भएका कारण केन्द्रबाट लिखित परिपत्र आउनेबित्तिकै मतदान केन्द्र कायम गरिने छ। 

आगामी वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचनका लागि जिल्लामा एक लाख ९१ हजार छ सय ५५ मतदाता छन्।

दोस्रो संविधानसभाको निर्वाचनमा करिब एक लाख ५० हजार मतदाता तथा एक सय स्थानमा मतदान केन्द्र कायम गरिएको थियो। रासस


 

More form the Internet

loading...