Suvadin, Home

प्रधानमन्त्री दाहाल र अख्तरबीच शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक आयोगकी कार्यकारी सचिव शमशाद अख्तरले शिष्टाचार भेट गरेकी छिन्। सन् १९४७ मा स्थापना भएको उक्त संस्थामा अहिले एसिया तथा प्रशान्त क्षेत्रका नेपालसहित ५३ देश सदस्य र विभिन्न ९ देश आवद्ध रहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक आयोगकी कार्यकारी सचिव समस्हद अख्तर ।

काठमाडौं, चैत ४ - प्रधानमन्त्री पुष्पकमल दाहालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक आयोगकी कार्यकारी सचिव शमशाद अख्तरले शिष्टाचार भेट गरेकी छिन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सो भेटमा उनीहरूबीच युएन स्क्यापका गतिविधिका बारेमा कुराकानी भएको थियो। सन् १९४७ मा स्थापना भएको उक्त संस्थामा अहिले एसिया तथा प्रशान्त क्षेत्रका नेपालसहित ५३ देश सदस्य र विभिन्न ९ देश आवद्ध रहेका छन्।

पाकिस्तानकी कार्यकारी सचिव अख्तरले सन् २०१४ देखि सो पदमा कार्यभार सम्हालेकी छिन्। युएन स्क्यापले यस क्षेत्रका आर्थिक एवम् सामाजिक विकास, यातायात, वातावरणीय तथा दीगो विकास, सूचना तथा सञ्चार, प्रविधि र समृद्धिलगायतका क्षेत्रमा सहयोग गर्दैआएको छ। रासस


 

More form the Internet

loading...