Suvadin, Home

डडेल्धुरामा जीप दुर्घटना, सात जनाको मृत्यु

भागेश्वरबाट डडेलधुरा सदरमुकामतर्फ आउँदै गरेको जीप आइतबार नजिक दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ। से१ज ८३३ नम्बरको जीप बुधबार दिउसो १२ बजे अमरगढी-३ आइतमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
तस्विरः छत्र साउद, डडेलधुरा

काठमाडौं, फागुन ४– भागेश्वरबाट डडेलधुरा सदरमुकामतर्फ आउँदै गरेको जीप आइतबार नजिक दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।

से१ज ८३३ नम्बरको जीप बुधबार दिउसो १२ बजे अमरगढी-३ आइतमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जीपमा ११ जना यात्रु रहेकामा अन्य सबै घाइते छन्।

गाडीधनी भीमसिंह ठगुन्नासहित तीन घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको त्यहाँबाट पत्रकार महासंघका अध्यक्ष छत्र साउदले जानकारी दिएका छन्।

दुर्घटनाको कारण खुलिसकेको छैन्। उद्धार जारी रहेको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेहरूमा भागेश्वर-४ का लक्ष्मण भट्ट, भागेश्वर-८ गणेश सार्की, भागेश्वर-८ का जयानन्द भट्ट, भागेश्वर ५ का दिवाकर पाण्डेय, भागेश्वर-७ का पदमबहादुर मल्ल रहेका छन्। मृतक दुई जनाको नाम खुल्न सकेको छैन।


 

More form the Internet

loading...