Suvadin, Home

सल्यान जिविसको ताला प्रहरीले तोड्यो, तीन कर्मचारी घाइते

सल्यानमा स्थानीय निकायका कर्मचारीहरुले गर्दै आएको आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको छ। अाफूहरूले राखेका माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको हाे। स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन जिल्ला समन्वयन समिति सल्यानका सचिव जिवराज केसीले प्रहरीले हस्तक्षेपपछि धर–पकड गरेको बताएका हुन्। धर–पकडका क्रममा तीन जना कर्मचारी घाइते भएका छन्।

सल्यान, फागुन ४


सल्यानमा स्थानीय निकायका कर्मचारीहरुले गर्दै आएको आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको छ। अाफूहरूले राखेका माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको हाे।

स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन जिल्ला समन्वयन समिति सल्यानका सचिव जिवराज केसीले प्रहरीले हस्तक्षेपपछि धर–पकड गरेको बताएका हुन्। धर–पकडका क्रममा तीन जना कर्मचारी घाइते भएका छन्।

स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा समायोजन गर्नुपर्ने माग राखेर आन्दोलन कर्मचारीले लगाएका दुई वटा ताल्चा प्रहरीले फोडेको छ। धरपकडका क्रममा बिन्दु श्रेष्ठ, अमृता शाक्य र थुमु कुँवर घाइते भएको केसीले बताए।

यसैबीच, स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन जिल्ला समन्वयन समिति सल्यानले एक प्रेस विज्ञप्ती जारी गरी प्रहरीले ज्यादती गरेको भन्दै भत्सर्ना गरेको छ। प्रहरीले आफूहरुले लगाएको ताला फोडेको र प्रमुखको कार्यकक्ष खोलको भन्दै त्यसको विरोध गरिएको छ।

तर, प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जिविसमा लगाएको ताला खोल्दा कुनै धरपकड नभएको बताए। जिविसमा लगाएको ताला खोल्दा कसैलाई पनि चोट पटक नलागेको उनले दाबी गरे। प्रहरीले जिविसका दुई वटा कोठामा लगाएको ताला फुटाएको भएपनि कर्मचारीले काम गरेका थिएनन्। 


 

More form the Internet

loading...