Suvadin, Home

तस्कर पक्राउ गर्ने दुर्इ युवतीलार्इ भारत सरकारले सम्मान गर्ने

भारतस्थित दार्जीलिङका दुई बहादुर छात्राले महिला बेचबिखनमा संलग्न गिरोहका नाइकेलाई पक्राउ गराएका छन्। १७ वर्षकी शिवानी गोन्द र १८ वर्षकी र्गोखा गर्ल तेजस्विनी प्रधानले यो बहादुरीको काम गरेका हुन्। प्रहरीकाे सर्वाधिक खाेजीकाे सूचीमा रहेकाे गिराेहलार्इ उनीहरूले पक्राउ गर्न मदत पुर्याएका हुन्। तर, पक्राउ परेका गिराेहकाे नाइके, गिराेहका सदस्यकाे नाम र संख्या सार्वजनिक गरिएकाे छैन। 
तस्कर समातेका छात्रा।

काठमाडौं, माघ १५ - भारतस्थित दार्जीलिङका दुई बहादुर छात्राले महिला बेचबिखनमा संलग्न गिरोहका नाइकेलाई पक्राउ गराएका छन्। १७ वर्षकी शिवानी गोन्द र १८ वर्षकी र्गोखा गर्ल तेजस्विनी प्रधानले यो बहादुरीको काम गरेका हुन्। प्रहरीकाे सर्वाधिक खाेजीकाे सूचीमा रहेकाे गिराेहलार्इ उनीहरूले पक्राउ गर्न मदत पुर्याएका हुन्। तर, पक्राउ परेका गिराेहकाे नाइके, गिराेहका सदस्यकाे नाम र संख्या सार्वजनिक गरिएकाे छैन। 

भारत र नेपालका आर्थिक रुपले विपन्न घरका किशोरीको तस्कर गर्नेे सो वान्टेड गिरोहलाई समाजिक सञ्जाल 'फेस्बुक'मार्फत शिवानी र तेजस्विनीले प्रहरीकाे हिरासतामा ल्याउन सफल भएका हुन्।

सुररूमा फेसबुकको माध्यमबाट यी दुईले तस्करसँग मित्रता गाँसे र विस्तारै-विस्तारै सर्म्पक बढाउँदै गए। फेसबुकबाहेक फोनमा कुराकानी गर्दै उनीहरू तस्करको भरोसा जित्न सफल भए। आफू घरबाट भाग्न पनि तयार रहेको आश्वासन दिलाएका तस्करलाई छिर्को छनक पनि थिएन कि शिवानी र तेजस्विनी एउटा प्रहरी अपरेशनका लागि काम गरिरहेका छन् भनेर।      

शिवानी भन्छिन्, ‘जब हामी उनीहरूसँग कुरा गर्यौं, उनीहरूले पाहुनाहरूसँग शारिरीक सम्बन्ध राख्नुपर्ने बताए।’ उनीहरूले हामी राम्री छौं कि छैन भनेर हेर्न फोटो पनि मागेको उनले बताइन्। उनी भन्छिन्, 'सुरुमा त फोटो दिन डरलाग्यो तर तस्करको भरोसा हासिल गर्न फोटो दियौँ।' 

सामान्यतया प्रहरीलाई यस्ता तस्कर पक्राउ गर्न सजिलो हुन्न, प्रहरीलाई साधारण मानिसको सहयोग चाहिन्छ। प्राय:जसाे साधारण मानिस यस्ताे काम गर्न डर मान्छन्। तर,यी दुर्इ युवतीले नडरार्इ प्रहरीकाे सहयाेग गरे।

भाग्न तयार भएपछि भारतको पश्चिम बंगालस्थित ‘न्यू जलपाइगुडी’ मा एउटी महिला उनीहरूलाई लिन आइन् र त्यतिबेलै प्रहरीले त्यो महिलालाई पक्राउ गर्यो। त्यही महिला तस्करमार्फत नेपालबाट हराएकी एक युवती समेत भेटिइन्। अनुसन्धान अगाडि बढेपछि पूरै गिरोह पत्ता लागेको हो।

शिवानी र तेजस्विनीलाई भारत सरकारले गण्तन्त्र दिवसको अवसरमा बहादुरीको अवार्डले सम्मान गर्ने छ। भारत सरकारले यस्ता बहादुर बच्चाहरूलाई देशभरबाट छानेर सम्मान गर्ने गरेको छ। उनीहरूले मेडल,प्रमाण पत्र, र धनराशी प्राप्त गर्ने छन् साथै उनीहरुको पढाइको खर्च समेत उठाउने छ। सरकारको तथ्याङक अनुसार २०१५मा तस्करहरुले जतिपनि महिला फसाए त्यसमध्ये ५२.८ प्रतिशत नाबालिक थिए। 


 

More form the Internet

loading...