Suvadin, Home

त्रिभुवन विमानस्थलका अधिकृत र सुन तस्करबीच टेलिफोन सम्पर्क 

ब्युरो स्रोतका अनुसार पक्राउ परेका भरियाहरूसँग दुबै अधिकृत फोन सम्पर्कमा रहेको देखिएको छ। प्रहरीले काभ्रेको पनौतीबाट रामहरि कार्कीलाई बुधबार राति १ बजे ब्युरोले पक्राउ गरेको थियो। यसअघि तीन जना पक्राउ परिसकेका छन्। 
केही दिनअघि बरामद सुन।

काठमाडौं, पुस २८ 


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना भन्सार अधिकृतलाई समातेको छ। 

ब्युरो स्रोतका अनुसार विमानस्थलको तथ्यांक शाखामा कार्यरत दुई अधिकृत बिहीबार बिहान समातिएका हुन्।

ब्युरो स्रोतका अनुसार पक्राउ परेका भरियाहरूसँग दुबै अधिकृत फोन सम्पर्कमा रहेको देखिएको छ। प्रहरीले काभ्रेको पनौतीबाट रामहरि कार्कीलाई बुधबार राति १ बजे ब्युरोले पक्राउ गरेको थियो। यसअघि तीन जना पक्राउ परिसकेका छन्। 

पक्राउ पर्नेमा श्रीनारायण यादव र राजकुमार ढकाल छन्। केही दिनअघि ३३ किलो सुन पक्राउ परेपछि ब्युरोले भन्सार कर्मचारीमाथि निगरानी बढाएको थियो। यसक्रममा सुन तस्करीमा सघाएको आरोपमा ती अधिकृत पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ।

सुनसहित भरिया टोलीलाई प्रहरीले समातिसकेको छ। बुधबार अर्थमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री विमलेन्द्र निधिले सुन तस्करीका दोषीलाई पक्राउ गरेर कारबाही गर्न सरकार लागिपर्ने बताएका थिए। अर्थमन्त्री महराले अर्थसमितिमा सुन तस्करलाई संगठित अपराध ऐन अन्तर्गत मुद्दा दायर गर्न निर्देशन दिएका थिए। 

प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार सुन तस्करसँग उनीहरूले सघाएको देखिएपछि पक्राउ गरिएको हो। एसपी मीरा चौधरीको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। 

‘सुन तस्करसँग नियमित सम्पर्क रहेर सहयोग पुर्याएको देखिन्छ,’ सिलवालले शुभदिनसँग भने, ‘उनीहरूमाथि अनुसन्धान भइरहेकोले अहिले धेरै कुरा भन्न सकिन्न।’ 
 


 

More form the Internet

loading...