Suvadin, Home

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्न प्रस्ताव

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप गर्ने प्रस्ताव अघि बढाएको छ। आयोगकी सदस्य माधवी भट्टले आएक वर्ष म्याद थपका लागि आइतबार गरेको पत्राचार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले स्वीकृत गरिसकेको बताएकी हुन्। आयोगको म्याद आगामी बिहीबार सकिँदैछ। आयोगको गत २० गते बसेको बैठकले म्याद थपका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको थियो। आयोग गठन ऐनको दफा ३८ को उपदफा २ अनुसार म्याद थपका लागि सरकारसँग माग गरेको हो।

काठमाडौं, माघ २५– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप गर्ने प्रस्ताव अघि बढाएको छ। आयोगकी सदस्य माधवी भट्टले आएक वर्ष म्याद थपका लागि आइतबार गरेको पत्राचार शान्ति तथा पुनर्निर्माण मन्त्रालयले स्वीकृत गरिसकेको बताएकी हुन्।

आयोगको म्याद आगामी बिहीबार सकिँदैछ। आयोगको गत २० गते बसेको बैठकले म्याद थपका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको थियो। आयोग गठन ऐनको दफा ३८ को उपदफा २ अनुसार म्याद थपका लागि सरकारसँग माग गरेको हो।

ऐनमा २ वर्षे कार्यकालभित्र तोकिएको काम सम्पन्न गर्न नसके एक वर्ष म्याद थप गर्न सकिने व्यवस्था छ। आयोगले अब बस्ने मन्त्रीपरिषद बैठकले म्याद थपको निर्णय गर्ने विश्वास व्यक्त गरेको छ।

आयोगले सरकारले नियमावली बनाउन ढिलाई गरेकाले काम समयमै सम्पन्न गर्न नसकेको स्पष्टिकरण पनि दिएको छ। आयोगकी सदस्य भट्टले आयोग गठन भएको १३ महिनासम्म नियमावली नपाएपछि आयोगले समयमा काम गर्न नसकेको दाबी गरिन्।

‘स्रोत, साधनको अभावमा कतिपय काम अघि बढाउन कठिनाई हुने गरेको छ,’ उनले भनिन्। आयोग गठन भएको दुई वर्ष भएपनि काम गर्न थालेको १० महिना मात्रै भएको छ। आयोगले यस अवधिमा द्वन्द्वकालीन न्यायका लागि परेका ६० हजारभन्दा धेरै उजुरी संकलन गरी छानवीन प्रक्रिया अघि बढाएको छ।

द्वन्द्वकालीन पीडितलाई न्याय दिने कार्यादेशसहित सरकारले २ वर्षअघि पूर्व राजदुत एवम् संसद सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङको अध्यक्षतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको थियो।


 

More form the Internet

loading...