Suvadin, Home

मजदुरी गर्ने महिलालार्इ सम्मान

१ सय ७औं अन्तर्राराष्ट्रिय महिला दिवसको अवसरमा माइती नेपालले नौ जना महिलाहरुलाई सम्मान गरेको छ। माइती नेपालले बुधबार महानगर यातायातमा मजदुरी गर्ने नौ जना महिलालाई सम्मान गरेको हो।
माइती नेपालकी संस्थापक अनुराधा काेइराला कार्यालयमा अायाेजित एक कार्यक्रममा । फाइल तस्बिर

काठमाडौं, फागुन २५ – १ सय ७औं अन्तर्राराष्ट्रिय महिला दिवसको अवसरमा माइती नेपालले नौ जना महिलाहरुलाई सम्मान गरेको छ। माइती नेपालले बुधबार महानगर यातायातमा मजदुरी गर्ने नौ जना महिलालाई सम्मान गरेको हो।

महानगर यातायातमा कन्डक्टरको रुपमा जोखिमयुक्त काम गर्दै आएका उमा विश्वकर्मा, सीता स्याङ्ताङ, रेनुका अधिकारी, गापिनी नेपाली, चेतकुमारी बस्नेत, कमला पौडेल, सबिना घिमिरे, भीमा घिमिरे र रुबिना राईलाई सम्मान गरिएको छ।

माइती नेपालले महिला अधिकारको क्षेत्रमा योगदान दिँदै आएका महिलाहरुलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सम्मान गर्दै आएको छ। यस वर्ष यातायात सेवामा कार्यरत सिन्धुपाल्चोकका महिलाहरुलाई सम्मान गरिएको माइती नेपालले जनाएको छ।


 

More form the Internet

loading...