Suvadin, Home

सन्दर्भ : ८ मार्च
अन्तर्राष्ट्रिय महिला दिवस देशभरि मनाइँदै

अन्तर्राष्ट्रिय महिला दिवसकै अवसर पारेर बुधबार बिहान काठमाडौंमा विशाल र्याली निकालिएको थियो। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आह्वानमा निकालिएको र्यालीमा महिला अधिकारीवादी विभिन्न संंघ-संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो।
राजधानीमा १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार आयोजित प्रभातफेरीका सहभागी । तस्बिर : रोशन सापकोटा/ रासस

काठमाडौं, फागुन २५ - १ सय ७ औं अन्तराष्ट्रिय महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

अन्तर्राष्ट्रिय महिला दिवसकै अवसर पारेर बुधबार बिहान काठमाडौंमा विशाल र्याली निकालिएको थियो। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आह्वानमा निकालिएको र्यालीमा महिला अधिकारीवादी विभिन्न संंघ-संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो।

सरकारले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरुलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्ने विषयमा बढता जोड दिइएको उल्लेख गरिएको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले यस वर्षको अन्तराष्ट्रिय महिला दिवसको नारा बदलिँदो परिवेशमा कामकाजी महिलाः सन् २०३० सम्म बराबरी पाईला र महिला सम्मानको आधारः सिपयुक्त हात र स्वरोजगार भन्ने नारा तय गरेको छ।

यसै अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ। नेपालमा महिला सशक्तिकरणको नाममा सिप दिने काम विगतमा भए पनि त्यसलाई रोजगारीसँग जोड्ने काम नभएकाले यस वर्षको महिला दिवसले रोजगारीलाई मुख्य प्राथमिकता दिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले बताए।

 यसैबीच, सरकारले अन्तर्राष्ट्रिय महिला दिवसकै अवसर पारेर मंगलबार कपिलबस्तुबाट महिला उत्थान कार्यक्रमको शुभारम्भ पनि गरेको छ। राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गरेको महिला उत्थान कार्यक्रमले देशभरका महिलाहरुलाई कसरी आर्थिक रुपमा सम्पन्न बन्न सकिन्छ भन्ने बोध गराउने सरकारले विश्वास लिएको छ। यसै अवसरमा काठमाडौंमा वृहत कार्यक्रमको पनि आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको शुभकामना सन्देशमा सबै नेपाली महिलाहरुको सुःख, शान्ति र समृद्धिको कामना गरिएको छ।

 

 


 

More form the Internet

loading...