Suvadin, Home

बैतडीमा गाँउ केन्द्रित महिला दिवस

औं अन्तर्राष्ट्रिय महिला दिवस बुधबार बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। महिला तथा बालबालिका कार्यालय,संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष लगायतका सरकारी तथा गैरसरकारी निकायको पहलमा मनाइएको दिवस गाउँ केन्द्रित भएको हो।

बैतडी, फागुन २६- १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस बुधबार बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। महिला तथा बालबालिका कार्यालय,संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष लगायतका सरकारी तथा गैरसरकारी निकायको पहलमा मनाइएको दिवस गाउँ केन्द्रित भएको हो।

महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने मूल नाराका साथ जिल्लाको भौनेली, रौलेश्वर, मेलौली, गाँजरी, गोकुलेश्वर, रुद्रेश्वर, कोटिला लगायतका ठाउँमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन्।

दिवसको अवसरमा आयोजना गरिएका कार्यक्रममा महिलामाथिको हिंसा अन्त्य गर्नका उनीहरुलाई आर्थिक रुपले सक्षम बनाउनुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरिएका सांस्कृतिक कार्यक्रमहरुमा समेत महिलाहरुले गीतमार्फत महिलाप्रतिको विभेद अन्त्य गरी उनीहरुको शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा पहुँच पुर्याउनुपर्नेमा जोड दिएका छन्।

यस्तै, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कोटिला गाविसमा पनि सांस्कृतिक कार्यक्रमसहित अन्तरक्रियाको आयोजना गरिएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको सामाजिक परिचालक भुवनप्रसाद बडुले जानकारी दिए। यस्तै, रौलेश्वरमा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा रौलेश्वरका जानकी चन्द, द्वितीय रेविका कुँवर र तृतीय द्राैपती विष्ट भएका छन्।

प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थराज्य मन्त्री दामोदर भण्डारीले पुरस्कार वितरण गरेका थिए। यस्तै सित्तडको डोलमा रहेको भगवती नागरिक सचेतना केन्द्रले पनि सांस्कृतिक कार्यक्रमसहित महिला दिवस मनाएको छ। उता प्रस्तावित सुर्नया गाँउपालिकाको भौनेलीमा रहेको राष्ट्रिय मावि फाटीगाडामा पनि महिला दिवस मनाइएको छ।


 

More form the Internet

loading...