Suvadin, Home

भीड हुने कार्यालयमा श्रव्य-दृश्य

यातायात व्यवस्था विभागले सडक सुरक्षा र चेतना जगाउन सेवाग्राहीको भीड लाग्ने कार्यालयमा श्रव्य-दृश्य सामाग्री प्रसारण गर्ने भएको छ। विभागले सेवाग्राहीको अत्याधिक भीड लाग्ने विभाग अन्तर्गतका कार्यालय र ट्राफिक महाशाखामा टेलिभिजनमार्फत् सडक सुरक्षा र चेतना अभिवृद्धि गराउने प्रचारप्रसार सामग्री देखाउने भएको हो।

काठमाडौं, माघ २०- यातायात व्यवस्था विभागले सडक सुरक्षा र चेतना जगाउन सेवाग्राहीको भीड लाग्ने कार्यालयमा श्रव्य-दृश्य सामाग्री प्रसारण गर्ने भएको छ। विभागले सेवाग्राहीको अत्याधिक भीड लाग्ने विभाग अन्तर्गतका कार्यालय र ट्राफिक महाशाखामा टेलिभिजनमार्फत् सडक सुरक्षा र चेतना अभिवृद्धि गराउने प्रचारप्रसार सामग्री देखाउने भएको हो।

विश्व बैंकको सहयोगका सञ्चालित नेपाल भारत व्यापार तथा पारबहन आयोजनाले सडक सुरक्षाका लागि श्रव्य-दृश्य सामग्री सहयोग गरेको छ। बिहीबार विभागमा भएको कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ र नेपाल प्रहरीका डिआइजी पंकज श्रेष्ठले सहयोग सम्झाैतामा हस्ताक्षर गरे। विभागको परियोजना अन्र्तगतका प्राविधिक सल्लाहकार पदम शाहीले सेवाग्राहीको अत्याधिक चाप हुने स्थानमा सडक सुरक्षा र जनचेतना जगाउन टेलिभिजन स्क्रिनमार्फत प्रचारप्रसार गर्ने बताए।

‘सडक सुरक्षा र जनचेतनाका लागि स्थानीयस्तरमै प्रचार सामग्री तयार पारेर अत्याधिक भीड हुने यातायात कार्यालय र ट्राफिक कार्यालयमा राखिनेछ,’ उनले भने।

पहिलो चरणमा काठमाडौं उपत्यकाका यातायात र ट्राफिक कार्यालयमा सेवा सुरू गरेको विभागले आगामी दिनमा माग अनुसार देशभरका कार्यालयमा विस्तार गर्ने जनाएको छ। विश्व बैंकले यसअघि ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि, सडकमा अपनाउनुपर्ने सुरक्षा र स्वास्थ्य सुरक्षालगायतका कार्यक्रममा पनि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो।


 

More form the Internet

loading...