Suvadin, Home

अाइतबार लोकमानको महाअभियोग अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

शनिबार काठमाडौंमा ‘मान्छे भित्रको मान्छे’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री दाहालले संसद सुचारु भएपछि संविधान संशोधन प्रस्ताव, निर्वाचन सम्बन्धी प्रस्ताव र अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउने कार्यसूची रहेको स्पष्ट पारे।
प्रधानमन्त्री दाहाल।

काठमाडौं, पुस २३


प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारबाट संसद सुचारु हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले संसद सुचारु गराउन सरकारलाई सबै पक्षले साथ दिनुपर्ने आवश्यक्ता औल्याएका हुन्।

शनिबार काठमाडौंमा ‘मान्छे भित्रको मान्छे’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री दाहालले संसद सुचारु भएपछि संविधान संशोधन प्रस्ताव, निर्वाचन सम्बन्धी प्रस्ताव र अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउने कार्यसूची रहेको स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले संसद अवरोध गराइरहनु लोकतन्त्र विरोधी कदम हुने पनि दोहोर्याए। प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव ल्याएको र त्यो पारित भएपछि मुलुक निर्वाचनमा जाने पनि उल्लेख गरे।

प्रधानमन्त्री दाहालले मुलुकलाई एकताबद्ध बनाउन चुनौती रहेको बताएका छन्। सबैको पहिचान, अधिकार दिलाएर मुलुकलाई एकताबद्ध बनाउने अभियानमा चुनौती थपिएको बताए।

प्रधानमन्त्री दाहालले हिमाल, पहाड र तराईलाई मिलाएर अघि बढ्न खोज्दा आफूमाथि राष्ट्रघातीको आरोप लागिरहेको भन्दै गुनासो गरे। उनले विपक्षी एमालेसहितका दलहरुले सरकारले संविधान संशोधन प्रस्ताव ल्याएर राष्ट्रघात गरिरहेको आरोप लगाएकोप्रति आपत्ती जनाए।

प्रधानमन्त्री दाहालले विपक्षी दलप्रति संकेत गर्दै मधेसलाई पछाडि धकेलेर राष्ट्रवादी हुनै नसक्ने तर्क गरे। धानमन्त्री दाहालले विपक्षी दलहरुले राष्ट्रियताको नाममा मुलुकलाई जटिल मोडमा पुर्याएको आरोप लगाएका छन्।


 

More form the Internet

loading...