Suvadin, Home

पुलिस रूसलान कपको च्याम्पियन, अार्मीविरूद्ध सिद्धान्त लाेहनीको विजयी छक्का

नेपाल पुलिस क्लब दाेस्राे रूसलान कपकाे च्याम्पियन बनेकाे छ। त्रिभुवन विश्वविधालय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल अार्मीलार्इ ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि उचालेकाे हाे।
रूसलान कप च्याम्पियन नेपाल पुलिस टिम।

काठमाडाैं, माघ ४


नेपाल पुलिस क्लब दाेस्राे रूसलान कपकाे च्याम्पियन बनेकाे छ। त्रिभुवन विश्वविधालय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल अार्मीलार्इ ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि उचालेकाे हाे।

उपाधिसँगै पुलिसले तीन लाख हात पारेकाे छ भने उपबिजेता बनेकाे नेपाल अार्मीले दुर्ला लाख रूपैयामा चित्त बुझाउनु परेकाे छ। टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपाल अार्मीले निर्धारित २० अाेभरमा ६ विकेट गुमाउँदै १ सय ४२ रन बनायाे। अार्मीका कप्तान विनाेद भण्डारीले सर्वाधिक ४० रनकाे इनिङ खेले। त्यस्तै, उसका राजेश पुलामीले ३८, नरेश बुढाएेरले २८, अनिल मण्डलले १५ तथा साेमपाल कामीले नटअाउट रहदै १५ रन जाेडे।

पुलिसका ललितसिंह भण्डारी र कुशल भूर्तेलले समान २-२ विकेट लिए। मञ्जित श्रेष्ठ र ललित राजवंशीले समान १ विकेट हात पारे। कसिलाे बलिङ गरेका नेपाल पुलिसका बलरहरूका अगाडि अार्मीका ब्याट्सम्यान धेरैबेर टिक्न सकेका थिएनन्। फलस्वरूप अार्मी ठूलाे स्काेर बनाउनबाट राेकियाे। जुन पुलिसकाे जितकाे अाधार बन्याे। 

पुलिसले १ सय ४३ रनकाे लक्ष्य  १९ अाेभरमा ६ विकेट गुमाउँदै भेट्टायाे। पुलिसका दीपेन्द्रसिंह एेरीले ४२ र कुशल भूर्तेलले नटअाउट ३४ रनकाे इनिङ खेले। त्यस्तै पुलिसका दिलीप नाथले २४ र याेगेन्द्रसिंह कार्कीले ११ रन जाेड्दै पुलिसलार्इ च्याम्पियन बनाएका हुन्। पुलिसका सिद्धान्त लाेहनीले विजयी छक्का प्रहार गरेका थिए। अार्मीका जितेन्द्र मुखिया र विक्रम साेबले २-२ विकेट लिए पनि टिमलार्इ जित दिलाउन सकेनन्। 

 

 

 

   


 

More form the Internet

loading...