Suvadin, Home

लोकमानको मुद्धाको फैसला १६ मंसिरमा हुने

काठमाडौँ 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की माथि सरकारी निवासको सुविधा र अन्य सरकारी सुविधाबाट बञ्चित गर्न माग गदै सर्वाेच्च अदालतमा परेको रीटको अदालतले आज पेशी सारेको छ । उक्त रीट अधिवक्ता ओम प्रकास अर्यालले ५ कार्तिकमा सर्वाेच्च अदालतमा दायर गरेका थिए ।


उनको नियुक्ती माथि परेको मुद्धाको सुनुवाई गर्ने दिन आगामी मंसिर १६ गते नै यस रीटको पेशी अदालतले दिएको सर्वाच्च अदालतका सहायक प्रवक्ता विश्वराज पौड्यालले बताए । यता सर्वाेच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको भन्दै उनलाई त्यसको लिखित जवाफ पेश गर्न ७ दिनको म्याद दिएको थियो ।  बिहीवार वारेस मार्फत् अदालतमा उपस्थित हुनका लागि कार्कीले निवेदन दिएको सर्वाेच्च अदालतले जनाएको छ । कार्कीको वारेस कानुन व्यवसायी तेज बहादुर कटुवाल बस्ने छन्  । 

 


 


 

More form the Internet

loading...