Suvadin, Home

लोकमानका सात मुद्धाको पछि लाग्दा .......

सर्वाेच्च अदालतमा हाजिर गरेर फर्कदै लोकमान कार्की तस्वीर ः गोविन्द लुइँटेल

 

गोविन्द लुइँटेल \काठमाडाँै
सर्वाेच्च अदालत परिसरमा वरपर बाक्लै वकिल र पत्रकार बसिरहेका छन् । पत्रकारहरु र क्यामेरापर्सन घरी प्रवक्ता कहाँ घरी अदालतको परिसरमा आउने जाने क्रम चलिरहन्छ । अदालत परिसरमा तैनाथ गरिएका प्रहरीहरुको पनि कान अलि ठाडो छ । वरपर बसेका केही वकिलहरुले एड्स दिवसका कार्यक्रममा सहभागि बनेकादेखि संविधान संशोधनको कुरामा तर्क वितर्क गरिएका छ्न ।  केही वकिलको समूह  अदालतको आदेश सुन्न प्रतीक्षामा छन्  । अख्यितार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान कार्की विरुद्ध परेको मुद्धाको फैसलाका लागि आज न्यायाधीशहरु वेन्चमा पसे पछि दिउँसो सर्वाेच्च अदालत परिसरमा देखिएको दृश्य आफैमा वर्णन गर्न लायक थियो ।

अदालतले आज कस्तो फैसाला गर्दछ भन्ने सबैमा कौतुहलता व्याप्त थियो । कार्की विरुद्ध मुद्धा हाल्ने अधिवक्ता ओमप्रकास अर्यालले कार्कीको मुद्धाको सुनुवाइ अगामी पुस ७ गते सरेको अनौपचारिक जानकारी केही  पत्रकार तथा वकीललाई गराए पछि सर्वाेच्च अदालत परिसरको त्यो माहोलमा एकाएक शून्यता छायो । पत्रकारहरुमा पनि नैराश्यताको भाव देखिन्थ्यो । 

 

 

(सर्वाेच्च अदालतमा लोकमान कार्कीको गाडीलाई घेरा हाल्दै पत्रकारहरु )   तस्वीर ः गोविन्द लुइँटेल


वास्तवमा लोकमानको मुद्धाको सुनुवाइ मंसिर १६ तोकिएको थियो । त्यसकारण आज नै अन्तिम सुनुवाइ हुने ठानेर सबैको ध्यान सर्वाेच्चतिर खिचिएको थियो । उनी माथि एक वटा होइन सात वटा मुद्धाको सुनुवाई सर्वाेच्चले एकै पटक गर्ने तयारी भएकाले पनि सर्वसाधारणदेखि पत्रकार र वकीलहरु सुनुवाई पर्खिरहेका थिए ।  तर लोकमान कार्कीका तर्फबाट बहस गर्न तोकिएका अधिवक्ता बालकृष्ण न्यौपानेले स्वास्थ्यको कारण देखाइ पेसी स्थगित गर्न माग गरेकोले सर्वाेच्चका न्यायधीश जगदीश शर्मा पौड्याल, ईश्वर प्रसाद खतिवडा, र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले अगामी ७ गते मुद्धा सार्न नमिल्ने गरी पेशी तोक्ने आदेश दिएको खबर जव औपचारिक रुपमा आयो । अदालत परिसरको भीड तितरवितर भयो । कानुन व्यवसायी न्यौपानेले आफू विरामी परेको निवदेन सर्वाेच्चमा विहानै  दर्ता गराइसेका रहेछन् । 
त्यही लिखित आदेशका लागि सह प्रवक्ता विश्वराज पौड्यालको कार्यकक्षमा पुगेका पत्रकारहरु उनलाई नदेखे पछि कुर्चीलाई वीचमा पारेर वरिपरि झुमिए । पत्रकारहरु संविधान संशोधन, संघीयतादेखि लोकमानको मुद्धा पेसी सरेकोमा तर्क वितर्क गरिरहेका थिए । मानौ त्यो अदालतकै अनौपचारिक वेन्च थियो । करीब २० मिनेट पछि सहप्रवक्ता हातमा लिखित आदेश लिएर कोठा भित्र छिरे पछि त्यो त्यो माहोल शान्त बन्यो ।  लिखित आदेश लिएर सबै बाहिरिए ।
 तर  पत्रकारहरु सर्वाेच्च अदालत परिसर छाडेनन् ।  उनीहरु अझ केही कुराको प्रतीक्षामा टहलिदै  थिए । लोकमान कार्की आजको तारेकमा हाजिर गर्न आफै आउने आशा गरिरहेका रहेछन् उनीहरु । केही क्यामरापर्सन त विहान १० बजेदेखि अदालत छिरिसकेका रहेछन् ।
यतिकैमा कालो सिसा लगाएको वा.१३ च ८५८६ नम्वरको गाडी वेजोडसँग हुइँकिदै अदालतको गेट भित्र छिर्यो । सायद सुरक्षाकर्मीलाई पहिले सूचना आएर नै होला त्यस गाडीलाई विना चेक जाँच छाडिदिए । विहानदेखि कुर्दै वसेका अदालतको रिर्पाेटिङ्ग गर्ने पत्रकारहरु त्यही गाडीलाई शंका गदै पछि लागे । त्यो गाडी अदालतको तारेख बुझने भुइँ तलाको कोठा भन्दा ५ मिटर जति वरै रोकियो । अनि त्यहाँ को थियो गाडी नखुल्दासम्म कसैले चाल पाएन । १ दर्जन बढी पत्रकारले त्यो गाडीलाई पछ्याएर घेरा हाले । सुरक्षाकर्मी र कर्मचारी साथै वकीलको भीड पनि नौलो वेहुला वेहुली हेर्न झै त्यही मिसियो । 
 एकै छिनमा एउटा अनुहार ढोकाबाट बाहिरियो । ती व्यक्ति सर्वाेच्च अदालत, संसद् अनि सडकसम्म निकै चर्चामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कार्तिक ३ देखि निलम्वित हुन पुगेका प्रमुख लोकमान कार्की थिए । 
मुन्टो निहुर्याउँदै हाजिर गर्न गएका उनी दुई मिनेटमा हाजिर सकेर शीर ठाडो पार्दै  बाहिए । तर उनी पत्रकारसंग आक्रोशित रहेछन् कि कुन्नी, नजर समेत नलगाइ सरासर गाडी भित्र बसे । उनको गाडी तीव्र गतिमा गुडिहाल्यो । सुरक्षाकर्मीहरु भन्दै थिए, अदालत भित्र त विस्तारै हाक्नुु नि गाडी ।
उनलाई हेर्न आएका कर्मचारी, वकील र फोटो खिच्न विहानदेखि कुरेका पत्रकार  लाखापाखा लागे । अदालत परिसर शान्त भयो, पुस ७ गतेकै प्रतीक्षामा ।


 


 

More form the Internet

loading...