Suvadin, Home

‘निषेधको राजनीति र प्रतिशोध मानसिकता बलियो हुँदैन’
पूर्वराजाले भने, ‘हिमाल, पहाड, तराई छुट्याएको सहिँदैन’

शुभदिन संवाददाता 

काठमाडौं, पुस ६

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले संघीयतामा देखिएको जटिलतालाई संकेत गर्दै यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन्।  

शाहले नेपालीबीचको सामाजिक सद्भाव भेटिने प्रयास भएको, तराई, पहाड, हिमालमाझको ऐक्यभाव तोड्ने प्रयास भएको बताएका छन्। 

‘ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्दभावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने खालका छन्,’ शाहले भनेका छन्। उनले त्यस्ता कार्य अशोभनीय मात्र नभई, असह्य पनि बनेको बताएका छन्।

उनले अहिलेको अवस्थामा मूल्य, मान्यतामा आधारित राजनीति नहुनु, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनु र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको छ। उनले दिनानुदिन राष्ट्रिय एकता र भावनामाथि प्रहार भइरहेको बताएका छन्। 

शाहले नेपालीबीचको सामाजिक सद्भाव भेटिने प्रयास भएको, तराई, पहाड, हिमालमाझको ऐक्यभाव तोड्ने प्रयास भएको बताएका छन्।  ‘ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्दभावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने खालका छन्,’ शाहले भनेका छन्। उनले त्यस्ता कार्य अशोभनीय मात्र नभई, असह्य पनि बनेको बताएका छन्।

‘अझै पनि जनताका आस्थाहरु ढलेका छैनन्। नेपाली मनमतिष्कमा देशभक्तिको भावना ढलेको छैन। सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सम्पन्न मुखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ,’ उनले भनेका छन्, ‘राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजय शक्तिको रक्षा गरौं।’ 

उनले दल र राजनीतिमाथि वितृष्णा जनाएका छन्। निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु बलिया हुन नसक्ने शाहले बताएका छन्। ‘इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पूरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हुन सक्दैनन्।

माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकता दुहाइदिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ। 

नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रबासी नै भएको भन्दै उनले भाषा, धर्म संस्कृति, इतिहास एवम् त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग भएको जनाएका छन्।

‘नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्थित्व र पद्दतिसँग जोडिएको यावत विषय नै लौकिक सत्ता हो,’ उनले भनेका छन्। बाह्य शक्तिको अनुचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको भन्दै शाहलेस्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको आरोप लगाएका छन्। 


 

More form the Internet

loading...