Suvadin, Home

 संसद्को वैठकमा आज पनि एमालेको अवरोध 

 

काठमाडौँ मंसिर १७
व्यवस्थापिका संसद्को वैठक आज पनि चल्न सकेन । आज ३ बजे शुरु भएको वैठकमा नेकपा एमालेका सांसदहरुले उठेर अवरोध गरे पछि वैठक स्थगित गरिएको सभामुख ओनसरी घर्तीले जानकारी दिइएकी छन् । नेकपा एमालेले तीन दिन अगाडि संसदीय दलको वैठक राखेर सरकारले संसद्मा गरेको संविधान संशोधनको विधेयक दर्ता विरुद्ध सदन अवरुद्ध गर्ने निर्णय गरेको थियो ।  
आज वैठक पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की माथि परेको महाअभियोग प्रस्ताव माथि छलफल गर्ने कार्यसूची थियो । सभामुख घर्तीका अनुसार संसद्को वैठक आइतवार १ बजे बस्ने छ ।


 


 

More form the Internet

loading...