Suvadin, Home

निर्वाचन कार्यतालिका घोषणा गर : अनेरास्ववियु

सोमबार विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले तत्कालै कार्यतालिका घोषणा गर्न माग गरेको हो। अनेरास्ववियुले लामो समयदेखि स्ववियुको निर्वाचन हुन नसक्दा विश्वविद्यालय तथा क्याम्पसहरूमा समस्या परेको जनाएको छ। 
नवीना लामा।

काठमाडाैं, माघ ३


अनेरास्ववियुले त्रिभुवन विश्व विद्यालयसँग साताभित्रै स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ।

सोमबार विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले तत्कालै कार्यतालिका घोषणा गर्न माग गरेको हो। अनेरास्ववियुले लामो समयदेखि स्ववियुको निर्वाचन हुन नसक्दा विश्वविद्यालय तथा क्याम्पसहरूमा समस्या परेको जनाएको छ। 

ज्ञापनपत्र बुझ्दै शिक्षाध्यक्ष त्रिपाठीले विश्वविद्यालयले पदाधिकारी बैठक गरेर साताभित्रै निर्वाचनका सबै कार्यक्रम घोषणाको प्रतिवद्धता व्यक्त गरिन्। विद्यार्थी संगठन र विश्वविद्यालयले साझा दायित्व लिएर अघि बढे निर्वाचन गर्न बाधा नहुने उनको भनाइ थियो।

अनेरास्ववियुकी अध्यक्ष नविना लामाले विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक नगर्दा निर्वाचन प्रचार प्रसारमा समस्या भएको बताइन्। त्रिभुवन विश्वविद्यालयले लामो समयपछि फागुन १४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको थियो। तर, कार्यतालिका सार्बजनिक नगर्दा अझै पनि अन्यौल कायमै छ।

 


 

More form the Internet

loading...