Suvadin, Home

निर्वाचनले लोकतन्त्रकाे अाधारः प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताएका छन्। नेपाल जेसिजले आयाेजना गरेका लोम-लोन लिडर्स कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उन विधिको शासन कायम गर्न निर्वाचन हुनै पर्ने बताएका हुन्।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव ।

कावासोती, फागुन १६


निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताएका छन्। नेपाल जेसिजले आयाेजना गरेका लोम-लोन लिडर्स कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उन विधिको शासन कायम गर्न निर्वाचन हुनै पर्ने बताएका हुन्।

'अहिले संविधान भए पनि विधिको शासनको अभाव छ,' उनले भने। परिवर्तनको आधारशिला युवा नै भएकाले युवाले मतदानलाई आफ्नो अधिकारका रुपमा ग्रहण गर्नुपर्ने प्रमुख आयुक्त यादवले बताएका छन्।

'मतदान च्वाइस होइन, ड्युटीका रुपमा बुझ्नुहोस्, यसले नै विधिको शासनलाई सहयोग पुग्छ,' उनले भने, 'दलको अगुवा युवा नै हो, द्वैध चरित्र देखाउन छोड्नुपर्छ।' वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि राजनीतिक दलका भ्रातृ संस्था आवद्ध युवालाई जानकारी गराउने काम भइरहेको पनि उनले बताएका छन्। 

निर्वाचन घोषणा पत्रका आधारमा हुन छाडेकाे र पैसाका आधारमा हुने प्रवृत्ति हावी भएकाले यसको अन्त्यका लागि युवाले सक्रियता देखाउनुपर्ने उनकाे जाेड छ। कार्यक्रममा देशभरका जेसिज आबद्ध करिब पाँच सय जना पदाधिकारीको सहभागिता रहेको नेपाल जेसिजले जनाएका छन्।


 

More form the Internet

loading...