Suvadin, Home

प्रमुख दलकै कारण चुनाव अन्यौलमा : भट्टराई

याँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ठुला दलहरु आ–आफ्नै नेतृत्वको सरकारले मात्र चुनाव गराउनुपर्छ भन्ने दाउमा लागेकाले निर्वाचन अन्यौलमा परेको आरोप लगाएका छन्।
बाबुराम भट्टरार्इ।

काठमाडौं, माघ २६ - नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ठुला दलहरु आ–आफ्नै नेतृत्वको सरकारले मात्र चुनाव गराउनुपर्छ भन्ने दाउमा लागेकाले निर्वाचन अन्यौलमा परेको आरोप लगाएका छन्।

प्रेस सोसाइटी मकवानपुरले बुधबार हेटौडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक  भट्टराईले सहमतिको आधारमा संविधान संशोधन गरेर स्थानीय, प्रदेश र संघीय चुनावमा जानुपर्ने बताएका छन्।

भट्टराईले दलहरु आ–आफ्नो दाउमा लाग्दा निर्वाचन पर धकेलिँदै गएको दावी गरेका छन्। संविधान कार्यान्वयनपछि मात्र विकास र समृद्धिका कुरा अघि बढ्ने हुँदा अहिलेको प्रमुख आवश्यकता निर्वाचन भएको उनको तर्क थियो।

संयोजक भट्टराईले परिवर्तनका एजेन्डामा भएका विगतका आन्दोलन  सेलाउँदै जाँदा दलहरु संघीयता कार्यान्वयनमै उदासिन बन्दै गएको पनि उल्लेख गरेका छन्।

नयाँ शक्ति पार्टी नेपालले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर दलका प्रमुख नेताहरुलाई देश दौडाहामा खटाएको छ। संयोजक  भट्टराई पनि निर्वाचनको तयारीका काठमाडौं बाहिरको कार्यक्रमहरुमा व्यस्त छन्।


 

More form the Internet

loading...