Suvadin, Home

पूर्वराष्ट्रपति ओबामा एक महिनासम्म फ्रान्समा 

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि  फ्रान्स पुगेको स्थानीय टेलिभिजनले जनाएका छन्। स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उनले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने छन्। 
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा।

फ्रान्स, चैत ३ - अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि  फ्रान्स पुगेको स्थानीय टेलिभिजनले जनाएका छन्। स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उनले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने छन्। 

उनी आफ्नो परिवारबिना नै पर्यटकीय टापु तहीतीमा उत्रिएका हुन्। ओबामा वातावरणमैत्री ब्राण्डो रिसोर्टमा बस्ने छन्। सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार तीन सय युरो छ । 

यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताइसकेका छन्। उनले किन यस्तो एक महिने योजना बनाएको भन्ने स्पष्ट हुनसकेको छैन। साथै उनको परिवारका सदस्यहरू आउने नआउने भन्नेबारे यकिन भएको छैन। 

फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने एक सय भन्दा बढी टापु भएको क्षेत्र हो। जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परीक्षण गरेको थियो। एएफपी
 


 

More form the Internet

loading...