Suvadin, Home

भारतीय सेनाध्यक्ष रावत नेपाल आउँदै

भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मंगलबार नेपालको चारदिने भ्रमणका लागि आउने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई आगामी बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
भारतीय सेनाध्यक्ष विपीन रावत।

काठमाडौं, चैत १२ – भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मंगलबार नेपालको चारदिने भ्रमणका लागि आउने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई आगामी बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति हुन्। नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।

भारतीय सेनाको २७ आैं सेनाध्यक्षका रूपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएका थिए। उनले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट्को प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्।

नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्ने छन्।रासस


 

More form the Internet

loading...