Suvadin, Home

सरकारद्वारा एडिबीको दुई अर्ब अनुदान स्वीकृत, केसी महासेनानीमा बढुवा 

सरकारले एशीयाली विकास बैंक (एडिबी)को दुई अर्ब अनुदान सहयोग स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एडिबीले नेपालको शिक्षा क्षेत्रको लगानीका लागि दिन लागेको अनुदान रकम स्वीकृत गरेको हो। एडिबीले नेपालको शिक्षा क्षेत्रको पूर्वाधार विकासमा अनुदान सहयोग गर्दै आएको छ।

काठमाडौं, पुस १४ 

त्यसैगरी, बैठकले माथिल्लो ‘त्रिशुली ए’ जलविद्युत परियोजनाको ड्याम साइट मर्मतका लागि ६१ करोड १८ लाख दिने निर्णय पनि गरेको छ। भूकम्पका कारण सो डयाम्पमा पहिरो गएपछि मर्मत गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको हो। सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि ४ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन पनि गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

सरकारले नेपाली आकाशको स्याटलाईटको भुक्तानीका लागि ६३ हजार ७ सय डलर बक्यौता रकम पनि भुक्तानी गर्ने भएको छ। नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले ६ वर्षयताको बक्यौता रकम भुक्तानी गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो।

त्यसैगरी, बैठकले पत्रकारद्वय नवलकिशोर यादव र संगीता खड्कालाई प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ।  मन्त्रिपरिषद बैठकले नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र केसीलाई महासेनानीमा पदोन्नति, कार्यस्थलमा कार्यरत मजदुर र ज्यामीका लागि ध्वनी र प्रकाश अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राख्ने निर्णय गरेकाे छ। 

त्यसैगरी, पुनःनिर्माण प्राधिकरणमा कार्यरत इञ्जिनियरका लागि जिल्ला सदरमुकाममा भएकालाई ५० प्रतिशत र दुर्गम क्षेत्रमा भएकालाई ७५ प्रतिशत भत्ताको व्यवस्था गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।   

More form the Internet

loading...