Suvadin, Home

मन्त्रिपरिषद्काे बैठक स्थगित

मन्त्रिपरिषद्काे बैठक स्थगित भएकाे छ। विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहका अनुसार साँझ पाँच बजेका लागि तय गरिएको संसद् बैठक भएका कारण स्थगित गरिएकाे हाे। मन्त्रिपरिषद्काे अर्काे बैठककाे मिति तह भएकाे छैन। प्रधानमन्त्री पुष्पकमल दाहालकाे बिहीबार सुरू हुने चीन भ्रमण तथा नेपाल प्रहरी प्रमुख नियुक्तिका विषयमा छलफल हुने जनाइएपनि अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित भएकाे हाे।
मन्त्रिपरिषद्काे बैठक । फाइल तस्बिर

काठमाडौं, चैत ९ – मन्त्रिपरिषद्काे बैठक स्थगित भएकाे छ। विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहका अनुसार साँझ पाँच बजेका लागि तय गरिएको संसद् बैठक भएका कारण स्थगित गरिएकाे हाे।

मन्त्रिपरिषद्काे अर्काे बैठककाे मिति तह भएकाे छैन। प्रधानमन्त्री पुष्पकमल दाहालकाे बिहीबार सुरू हुने चीन भ्रमण तथा नेपाल प्रहरी प्रमुख नियुक्तिका विषयमा छलफल हुने जनाइएपनि अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित भएकाे हाे।

संसद्मा राज्य व्यवस्था समितिले छलफल गरी पारित गरेको राजनीतिक दलसम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न समय लागेकाले संसद् बैठक पनि डेढ घण्टा ढिला सुरू भएकाे छ। जसका कारण मन्त्रिपरिषद् बैठक पनि सरेकाे सिंहले जनाएका छन्।


 

More form the Internet

loading...