Suvadin, Home

सरकार छाड्ने देउवाको धम्कीपछि मन्त्रिपरिषदको आकस्मिक बैठक तयारी

बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषदको आकस्मिक बैठक डाक्ने विषयमा दाहालले मुख्यसचिव सोमलाल सुवेदीसँग छलफल गरिरहेका छन्। ‘प्रधानमन्त्रीले आकस्मिक बैठकका लागि परामर्श गरिरहनुभएको छ, शनिबार राति नै बैठक बस्नसक्ने सम्भावना छ,’ स्रोतले भन्यो। 
प्रधानमन्त्री दाहाल।

काठमाडौं, माघ २९ - नयाँ प्रहरी महानिरीक्षक नियुक्ति विषयमा प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार छोड्ने धम्की दिएपछि प्रधानमन्त्री तनावमा परेका छन्। 

जयबहादुर चन्दलाई महानिरीक्षक नबनाए सरकार छोड्ने धम्की दिएपछि दाहाल तनावमा परेका हुन्। शनिबार राति नै मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर त्यसबारेमा छलफल गर्ने प्रधानमन्त्री दाहाल सक्रिय छन्। 

बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषदको आकस्मिक बैठक डाक्ने विषयमा दाहालले मुख्यसचिव सोमलाल सुवेदीसँग छलफल गरिरहेका छन्। ‘प्रधानमन्त्रीले आकस्मिक बैठकका लागि परामर्श गरिरहनुभएको छ, शनिबार राति नै बैठक बस्नसक्ने सम्भावना छ,’ स्रोतले भन्यो। 

कांग्रेस सभापति देउवाले चन्दलाई महानिरीक्षक बनाउन गृहमन्त्री विमलेन्द्र निधिलाई दबाब दिएका थिए। उनले यसअघि प्रधानमन्त्री दाहाललाई चन्दलाई महानिरीक्षक नबनाए गृहमन्त्री फेर्ने धम्की दिएका थिए। 

आइतबार मन्त्रिपरिषद बैठक राख्ने प्रधानमन्त्रीको तयारी छ। गृहमन्त्री निधिले चन्दलाई सिफारिस गरे पनि दाहालले हस्तक्षेप गर्ने रणनीति बनाएका थिए। वरियतामा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाललाई महानिरीक्षक बनाउन दाहाल, गृहमन्त्री निधि दुबै सकारात्मक छन्। 

देउवाले दाहाललाई सरकार छोड्ने, निधिलाई गृहमन्त्री फेर्ने परिस्थिति चुनौतीपूर्ण बन्दै गएको बालुवाटार स्रोतले जनाएको छ।

महानिरीक्षक नियुक्ति प्रकरणले सत्ता गठबन्धन नै बिथोलिन त्रासमा प्रधानमन्त्री दाहाल छन्। 


 

More form the Internet

loading...